सुनको मूल्य बढ्यो, चाँदी घट्यो


काठमाडौँ।

नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको भाउ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार ३ हजार ६७५ रुपैयाँ रहेको चाँदीको भाउ बुधबार घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।