सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ।

नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्यमा ८ हजार ३ सय रुपैयाँको गिरावट आएको थियो । आइतबार प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेको हो ।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ७० रुपैयाँले उकालो लागेको छ । आइतबार ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।