काठमाडौँ।
सुनको मूल्यमा निरन्तर गिरावट आउँदा पछिल्लो चार दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको हो ।
बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार १ सय रुपैयाँले घटेको छ । बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोला २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको थियो ।














प्रतिक्रिया