काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार १ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि लगातार घटिरहेको सुनको मूल्य शुक्रबार बढेको हो।
यस्तै, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ४ हजार ३५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ४ हजार १५० रुपैयाँ कायम भएको छ।











प्रतिक्रिया