एक हजार करोड भारु बजेटको ‘महाभाारत’ मा आमिर खानले खेल्ने



नयाँदिल्ली,(एजेन्सी)

भारतको वलिवुडका सुपरस्टार आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिंग सकाएपछि एक हजार करोड भारु बजेटमा बन्न गइरहेको पौराणिक कथामा आधारित चलचित्र ‘ महाभारत’ मा खेल्ने जि-न्युजले जनाएको छ ।

तर यस ऐतिहासिक चलचित्रमा उनले भगवान कृष्ण वा वा कौरवको पक्षबाट युद्ध मैदानमा उत्रने कर्णको भुमिका मध्ये एउटा छान्ने भएका छन् । कौरवमा हस्तिनापुरका पंच पाण्डबका सम्पूर्ण गुण भएको मानिन्छ । यो चलचित्र वलिवुडको इतिहासमै अहिले सममकै सबैभन्दा ठूलो बजेटको हुने बताइएको छ ।

चलचित्र उद्योगका ट्रयाकर रमेश बालाले ट्विट गरेका छन् , ‘यो चलचित्र निर्माण मुल्यका आधारमा हलिवुडका ‘दि लर्ड अफ दि रिंग्स’ वा ‘दि गेम अफ थ्रोन्स’ जस्ता नामुद चलचित्रको कोटीमा पर्नेछ ।

यस अघि यो महाभारत श्रंखला रिलायनस इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्वानीले सह निर्माण गर्ने बताइएको थियो । विश्वको चासो र आकर्षण तान्नका लागि यसको स्क्रिप्ट अन्तर्राष्ट्रिय सतरका लेखकहरले लेखने संचार माध्यमले जनाएको छ ।

केहि समय अघि प्रेस ट्रष्ट अफ इन्डियालाइृ अन्तर्वार्ता दिने क्रममा आमिर खानले महाभाारतमा आफुलाई मनपर्ने पात्र ‘कर्ण’ को भएको बताएका थिए । तर उनले कृष्णको भुमिका निभाउनु पर्ने स्थिती बन्न सक्ने पत्रकारहरले अनुमान गरेका छन् ।

उले भनेका छन् , ‘ महाभारत आफैंले बनाउने मेरो ठूलो सपना हो । तर मलाई थाहा छ यस परियोजनाका लागि मैले जिवनको कमितमा १५ देखि २० वर्ष खर्च गर्नुपर्ने हुन्छ । मलाइ मनपर्ने पात्र कर्ण हो ।

तर मेरो शारिरीक बनोटका ेकारण त्यो भुमिका निभाउन पाउने कुरामा म निश्चित छैन । मैले कृष्णकै चरित्रमा चित्त बुझाउनु पर्ने पनि हुन सक्छ । त्यसैगरी मलाई अर्जुनको चरित्र पनि त्यतिकै मनपर्छ । उनी कृष्णलाइृ आफ्ने मानिसहरुलाई मार्नुपर्ने कारण सोध्ने एक मात्र व्यक्ति हुन् । ’

आमिरले सिक्रेट सुपरस्टारको प्रमोसनकोबेला यस्ता विचार खोलेका हुन् । ठूलो बजेटको महाभारत बनाउने घोषणा गर्ने वलिवुड उद्योग पहिलो भने होइन । यसअघि नै मलयम चलचित्र उद्योगले एक हजार करोड भारुै महाभारत बनाउने घोषणा गरेको थियो । त्यसमा भने मलायम सुपरस्टार मोहन लाललाई प्रमुख भुमिका दिइने बताइएको छ । मलायम महाभारतको बजेट बाहुबलीको भन्दा पाँच गुणा बढि हुने पत्रकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्