आज शुक्रवार रिलिजमा आउने फिल्म हिमालयन गोल्डमा सोनामको भूमिका निर्वाह गरेकी परीक्षा लिम्बूका लागि यो फिल्म अभिनयको नयाँ अनुभव मात्रै होइन, चुनौती र सिकाइको अवसर पनि बनेको छ। हिमाली परिवेशमा निर्माण भएको फिल्मकी प्रमुख पात्र परीक्षा आफूलाई सिंगो कथाको पिलरका रूपमा चित्रण गर्छिन्। यद्यपि उनी फिल्मको सफलता कुनै एक कलाकारको प्रयासले मात्र सम्भव नहुने बताउँछिन्।
सोनामको भूमिका अफर हुँदा परीक्षामा उत्साहसँगै केही नर्भसनेस पनि थियो। निर्देशकले कथा सुनाउँदै चरित्र प्रस्ताव गर्दा उनी मिश्रित भावनामा थिइन्। आफूले प्रत्यक्ष नभेटेको र नदेखेको परिवेश तथा चरित्र भएकाले चुनौती महसुस भएको उनले सुनाइन्। हिमाली भेगको कथामा यसअघि आफूले काम नगरेकाले नया“ अनुभवस“गै उत्साहले अगाडि बढ्न प्रेरित गरेको र नर्भसनेसले जिम्मेवार बनाएको उनको अनुभव छ। अग्रज कलाकारसँग काम गर्दा भने उनले त्यसलाई चुनौतीभन्दा सिक्ने अवसरका रूपमा लिने गरेकी छन्। करियरको सुरुवातदेखि नै राम्रो टिम र ब्यानरसँग काम गर्ने अवसरले आत्मविश्वास बढाएको बताउने परीक्षाले हिमालयन गोल्डमा सुनिल थापालगायत कलाकारसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी छन्।
अग्रज कलाकारको अनुभव र काम गर्ने शैलीबाट सिक्न पाउँदा नयाँ कलाकारलाई प्रोत्साहन मिल्ने उनको बुझाइ छ। सोनामको चरित्र बुझ्न उनले पात्रले कसरी सोच्ने, व्यवहार गर्ने, कस्तो परिस्थितिमा रहने र निर्णय लिनु पछाडिका कारण बुझ्ने प्रयास गरिन्। चरित्र निर्माणमा निर्देशकको भिजन र टिमसँगको छलफलले सहयोग गरेको उनले बताइन्। सोनामलाई पर्दामा उतार्न सबैले मेहनत गरेको उनको अनुभव छ।
आप्mनो वास्तविक स्वभाव र सोनामबीच केही समानता भए पनि धेरै कुरा फरक रहेको परीक्षा बताउँछिन्। आफूभन्दा फरक सोच र स्वभाव भएका चरित्रमा काम गर्न मन लाग्ने भन्दै उनी त्यसलाई अभिनयको रोचक पक्ष मान्छिन्। हिमालयन गोल्डलाई अग्निपरीक्षाभन्दा पनि हरेक पात्रबाट केही सिक्ने र आफूले पनि पात्रलाई सक्दो दिने अवसरका रूपमा लिएकी छन् उनले। कलाकारका रूपमा चुनौती लिएर चरित्रलाई कति न्याय गर्न सकियो भन्ने महत्वपूर्ण हुने भन्दै आप्mनो तर्फबाट निष्पक्ष र मेहनतपूर्वक काम गरेको उनको भनाइ छ। फिल्मको अन्तिम मूल्यांकन भने दर्शकले गर्ने उनी बताउँछिन्।








तपाईंको विचार लेख्नुहोस्