एन्फामाथिको राखेपको निलम्बन फुकुवा


काठमाडौं, (नेस) ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ ।
राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन र प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ । प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी फुकुवा गरिएको हो ।

एन्फाले गत चैत २३ गते पत्रमार्फत निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो । गत चैत १३ गते एन्फाले केन्द्रीय कार्यसमितिको निर्वाचन समयभन्दा अगाडि गर्न खोज्दा राखेपले चैत ११ गते एन्फालाई निलम्बन गरेको थियो ।

यसअघि जेठ १ गते निशर्त निलम्बन फुकुवा गरेको भनिएपनि लिखित रुपमा थिएन । यो फुकुवापछि एन्फामा लागेको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बन पनि फुकुवा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।