आशा लघुवित्तद्वारा सीपमूलक तालिम सञ्चालन



काठमाडौं, (नेस)
आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय भानु, तनह“ुमा आबद्ध सदस्यमध्ये ७५ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने साबुन बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख रीता श्रेष्ठले यस्ता सीपमूलक तालिमबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा साबुन बनाउने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयमार्फत झण्डै ३१९ जना विपन्न महिलालाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाका ४५ शाखा कार्यालयहरु मार्फत करिब ४२ हजारभन्दा बढी सदस्यलाई वित्तीय सेवा उपलब्ध गराउ“दै आएको छ ।

संस्थाको हालसम्म करिब १ अर्ब ५७ करोड कर्जा लगानीमा रहेको तथा सदस्यबाट ३८ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्