बेनेल्लीको तीन नयाँ मोडलका मोटरसाइकल बजारमा



काठमाडौं, (नेस)
इटालियन मोटरसाइकल ब्रान्ड बेनेल्लीको आधिकारिक वितरक केटीएम इन्टरनेसनल कम्पनी हो ।

यस कम्पनीले १३५ देखि ६ सय सीसीसम्मका विभिन्न श्रृंखलाका मोटरसाइकल उत्पादन गर्दै आएका छन् । कम्पनीले हालै बजारमा तीनवटा मोेडेलका मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।

१५० सीसीको टीएनटी १५ यसको २ लाख ३० हजार रुपियाँ,१५० सीसीकै टीएनटी १५० आई ३ लाख १५ हजार रुपियाँ र २५० सीसीको बीएन २५ ५ लाख २० रुपियाँको मोटरसाइल रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा आएका बेनेल्ली नयाँ मोटरसाइकल कम्पनीका पुल्चोक, नक्साल, कुपण्डोल शोरुमका साथै बुटवल, पोखरा, विर्तामोड, चितवन, इटहरी, नेपालगन्ज, भक्तपुर, सुर्खेत, दाङ, हेटौंडा, जनकपुरमा रहेका डिलरहरुमार्फत किन्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्