महिन्द्रा अचिभर्स नाइट सम्पन्न



काठमाडौं, (नेस)
महिन्द्राले नेपालमा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तिलाई ‘महिन्द्रा अचिभर्स नाइट’ नामक कार्यक्रम गरी सम्मान गरेको छ ।
त्यस क्रममा महिन्द्राले खेलकुद विधामा उल्लेखनीय कार्य गरेका कारण नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई एक्सिलेन्स इन–स्पोर्टस अवार्डले सम्मान गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै महिला फुटबल टिममार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम राख्न सफल महिला फुटबलरहरु अन्जिला सुब्बा र सावित्रा भण्डारीलाई एक्सिलेन्स इन–स्पोर्टसले सम्मान गरेको थियो । नेपाली मौलिक संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उल्लेखनीय कार्य गरेवापत संगीतकर्मी लोचल रिजाललाई एक्सिलेन्स इन–इन्टरटेन्मेन्टको अवार्डले सम्मान गरिएको थियो ।
त्यसैगरी छोटो समयमै नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत स्वस्तिमा खड्कालाई एक्सिलेन्स इन–इन्टरटेन्मेन्टको अवार्डले सम्मान गरिएको थियो ।

क्यान्सर रोगलाई जितेर सामाजिक सेवाका कार्यमा सक्रिय भएवापत कलाकार मनिषा कोइरालाई एक्सिलेन्स इन–सोशल कजको अवार्डले सम्मान गरिएको थियो । सोही अवसरमा महिन्द्राका आफ्ना ग्राहकहरु पनि विभिन्न विधामा सम्मान गरेको छ । जसमा कृषि अवार्डअन्तर्गत महिन्द्रा ट्याक्टरका ग्राहक नरहरि भण्डारी र इन्दिरा बस्नेत तथा स्वराज ट्याक्टरका ग्राहक शान्तिदेवी शाहलाई कृषि अवार्डले सम्मान गरिएको थियो ।

त्यस्तै पर्यटन प्रवद्र्धन अवार्ड महिन्द्राका स्कर्पियोका ग्राहक रोशन घिमिरेलाई सम्मान गरेको छ । महिन्द्राको थार गाडीकी ग्राहक टिना मास्केलाई अफरोड अवार्ड इन–एड्भेन्चर टुरिजमद्वारा सम्मान गरिएको थियो ।
उद्यमशील अवार्डअन्तर्गत बलेरो पिकअपका ग्राहक पम्फा देवकोटा र विष्णु श्रेष्ठ, महिन्द्रा लोड किङकका ग्राहक साजन पौडेल, सुप्रो म्याक्सिमोका ग्राहक श्याम प्रसाई, टुक्सोका ग्राहक रामेश्वर सेढाईलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्