गोर्खा बियर नयाँ क्याम्पेन



काठमाडौं, (नेस) गोर्खा बियर नयाँ क्याम्पेन लिएर आएको छ । यसपटक क्याम्पेनको थिम ‘नेपाली पन, गोर्खाली मन’ रहेको छ । गत वर्षको ‘हामी गोर्खाली’ भन्ने क्याम्पेयनकै विस्तारीतरुप रहेको कम्पनीले जनाएको छ । ‘नेपाली पन, गोर्खाली मन’ ब्रान्डको आफ्नै प्रतिविम्ब हो, अर्थात् गोर्खा बियरको मान्यतालाई यसले सांकेतिकरुपमा दर्शाएको छ । क्याम्पेनको पँरा थिम नै वीर गोर्खाली भावनालाई आत्मसात् गरी एउटा साहसी नेपाली भएर जिउनुमा केन्द्रित छ ।

विश्वले चिनेको गोर्खालीको पहिचानलाई झल्किने गरी गोर्खा बियरलाई एक ब्राण्डको रुपमा प्रस्तुत गरिएको छ । नेपालीहरुको व्यक्तित्वसँग मेल खाने विशेषतालाई प्रयोग गरी ब्रान्डले आफ्ना नेपाली दर्शकसँग एक झलकबाटै जोडिने क्याम्पेन तयार गरेको छ ।यो क्याम्पेनलाई नेवारी, गुरुङ, तामाङ, लिम्बु, मैथिली, भोजपुरी, थारु जस्ता क्षेत्रीय भाषामा समेत प्रस्तुत गर्ने योजनाका साथ यो क्याम्पेन २०१८ को सफलतालाई पुनर्जीवित गर्न तम्तयार रहेको कम्पनीको भनाइ छ ।

२०१८ को ‘हामी गोर्खाली’ क्याम्पेन नेपालीको व्यक्तित्वको मुख्य विशेषतालाई लिएर तयार पारिएको थियो । यसलाई ३ चरणमा प्रवाहित गरिएको थियो । एक पटकमा व्यक्तित्वको एउटा विशेषता देखाइएको थियो, १. साहसी २. विशाल ३. दयालु । यी ३ वटै थिम डिजिटल मञ्चमा ६ महिनाका लागि प्रवाहित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्