सस्तो पाइने आशामा शेयर कारोबार न्यँन



नेपाल समाचारपत्र, काठमाडौं
शेयर बजारको कारोबार बढ्न नसके पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक भने सोमबार सुधार भएको छ । ७ दशमलव ४१ अंकले वृद्धि हुँदै ११०९ दशमलव ७३ बिन्दँमा पुगेको छ ।

पुँजी बजारका लगानीकर्ताहरू ११ सयको बिन्दँलाई आधार मान्दै आएका छन् । अघिल्ला दिनको कारोबारमा परिसँचक ११ सयभन्दा कम हुने आशंका बढाए पनि सोमबार बजार सुधारियो ।

नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले वैशाखमा शेयर खरिदकर्ताको अनिवार्य स्थायी लेखा नम्बर (प्यान) सरोकारवालासँगको सहमतिपछि मात्रै लागँ गर्ने संकेत देखिएपछि सोमबार बजारमा सुधार आएको हो । बोर्डले सोमबार प्यानका विषयमा सरोकारवालासँग छलफल गरेको थियो ।

बोर्डले वैशाख १ गतेदेखि अनिवार्य प्यान नम्बर लागँ गर्ने तयारी गरेपछि त्यसको विरोध हुँदै आएको थियो । लगानीकर्ताको विरोधपछि बोर्डले यस विषयमा निर्णय लिन सकेको छैन । बजार सुधारका लागि विभिन्न टुल्सहरु प्रयोग गर्दा पनि सुधार नभएको बजार प्यान नम्बरको विषयले मात्रै सुधार भएको मान्ने पक्षमा केही लगानीकर्ता छैनन् ।

घट्दो बजारमा सस्तो मँल्यमा शेयर किन्न पाइने आशामा लगानीकर्ताले पर्खिदा कारोबार रकम भने अत्यान्तै न्यँन हुँदै आएको छ । आजभन्दा भोलि अझै सस्तो पाइन्छ कि भन्ने आशा लगानीकर्ताम रहेको देखिन्छ । विगतमा एकै दिन अर्बभ्नदा बढीको कारोबार हुँदै आए पनि पछिल्लो समयमा साताभरीको कारोबारमा पनि अर्ब रुपियाँ पुग्न सकेको छैन ।

कुल १६६ कम्पनीको ७ लाख २० हजार ८४५ कित्ता शेयर २० करोड ३८ लाख ३९ हजार ८६४ रुपियाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

सोमबार कारोबार भएका १० उपसमँहमध्ये आज वित्त उपसमँहमात्रै शेयर ओरालो लागेको छ । सो उपसमँह शँन्य दशमलव ६५ अंकले घटेको छ ।
त्यस्तै बैंकिङ उपसमँह ४ दशमलव शँन्य ७, होटल उपसमँह १ दशमलव ५२, विकास बैंक उपसमँह २ दशमलव २७, जलविद्युत् उपसमँह ५ दशमलव १३, निर्जीवन बीमा उपसमँह ७२ दशमलव १७, उत्पादन उपसमँह २० दशमलव ३७, अन्य उपसमँह १० दशमलव ५८, लघुवित्त १० दशमलव ५१, जीवन बीमा उपसमँह ६० दशमलव शँन्य २ अंकले बढेको छ ।

समग्र परिसँचक बढेको तथा कारोबार रकम न्यँन रहेको दिन सोमबार नबिल बैंकको २ करोड ५० लाख ७१ हजार २६९, नबिल बैंकको संस्थापक शेयर १ करोड ४० लाख १२ हजार ६४३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ७८ लाख ८६ हजार ५४२, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ६८ लाख ६८ हजार ८८३ रुपियाँको किनबेच हुँदै कारोबार रकमका आधारमा अगाडि देखिएका छन् ।

यस दिन आँखुखोला जलविद्युत् कम्पनी, पु्रडेन्सियल इस्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरीका लगानीकर्ता कमाउनेमा अगाडि छन् । यस्तै सहयोगी विकास बैंक, ग्लोबल आइएमई समुन्नति स्किम–१, नेशनल हाइड्रोपावर कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता गुमाउनेमा अगाडि छन् ।

सोमबार ‘क’ वर्गका कम्पनीहरूको शेयर काराबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि १ दशमलव ५९ अंकले वृद्धि हुँदै २३५ दशमलव ७८ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्