बीमाको पहुँच बढाउन जोड



नेपाल समाचारपत्र, काठमाडाैं ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाने ५२औं वर्षमा प्रवेश गरेको छ ।शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भँमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकुल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

प्रतिस्पर्धी बन्दै गएका बीमाका योजनालाई समय सुहाउँदो बनाउँदै बीमक सामु संस्थानले आफँलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले समयसापेक्ष हुन आग्रह गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यँन रहेकाले बीमाको पहुँच विस्तारमा द्रुततर गतिले आफँलाई विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महŒवपँर्ण भँमिका रहेको भन्दै उहाँले समयानुकुल प्रविधिको विकास, संगठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिस्पर्धामा उत्रन आग्रह गर्नुभयो ।

अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले जोखिम व्यवस्थापन, वित्तीय पहुँच वृद्धि तथा सुरक्षित बचतको लागि बीमा व्यवसायकोे माध्यमद्वारा संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भँमिका महŒवपँर्ण रहेको बताउनुभयो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिनुभयो।
प्रविधिको विकाससँगै जनसाधारणमा बीमाको आवश्यकता पनि भिन्न हुँदै गइरहेको भन्दै उहाँले अनुसन्धानमुखी भई आवश्यकता अनुसारका बीमा लेखसहित दक्ष जनशक्तिकोे माध्यमबाट ग्राहकलाई सुरक्षण प्रदान गर्न उहाँले संस्थानको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले प्रतिस्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गर्नुभयो । राष्ट्र बैंकको सबै नेपालीको बैंक खाता भन्ने अभियान जस्तै सबै नेपालीको बीमा अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बीमा अभिकर्ताको भँमिकालाई पनि परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने भन्दै उहाँले आगामी दिनमा व्यक्तिगत नभई संस्थागत र व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले पर्याप्त मात्रामा आधुनिक सँचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताउनुभयो । बीमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहे पनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको बताउनुभयो ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजीको परिचालन गर्दै विदेशी मुद्राको व्ययभार रोक्ने संस्थानको प्रमुख उद्देश्य रहेको बताउनुभयो । संस्थानको अधिकृत पुँजी ५० करोड र चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपियाँ रहेको छ । संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करिब दुई लाख ९८ हजार बीमित रहेका छन् भने यस वर्षबाट करिब तीन लाख कर्मचारीको सावधिक जीवन बीमा थप हुँदै गएको छ ।

संस्थानले चालँ आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिमा चार अर्ब ४१ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै एक अर्ब ५१ करोड रुपियाँ दाबी भुक्तानी भएको भएको छ । पुस मसान्तसम्म संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड रुपियाँ रहेको छ । संस्थानले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख रुपियाँ शेयर पुँंजी र दुई अर्ब रुपियाँ ऋण लगानी, जलविद्युत लगानी तथा विकास कम्पनीमा एक अर्ब शेयर लगानी र विद्युत् उत्पादन कम्पनीमा छ करोड ६० लाखको शेयर लगानी रहेको छ ।

संस्थानको संस्थापक शेयरधनीको रुपमा नेपाल सरकार, नेपाल राष्ट्र बंक तथा नेपाल बैंक रहेका छन् । उनीहरुको क्रमशः २७ दशमलव ७८ प्रतिशत, ५५ दशमलव ५५ प्रतिशत तथा १६ दशमलव ६७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्