कम्पनी रजिष्ट्रारको कार्यालयले ई–पेमेन्ट सेवा



काठमाडौं,(नेस)
कम्पनी रजिष्ट्रारको कार्यालयले ई–पेमेन्ट सेवा शुरू भएको छ। मंगलबारबाट लागँ हुने गरी कार्यालयले सेवा सञ्चालनमा ल्याएको हो।

उद्योग, वाणिज्य तथा आपँर्तिमन्त्री मातृकाप्रसाद यादवले ई–पेमेन्ट सेवाको शुरुवात गर्दै कम्पनी रजिष्ट्रारको कार्य सम्पादन र कार्यन्वयनमा ई–पेमेन्ट सिस्टमले सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।उहाँले कार्यालयको सम्पँर्ण काम कारबाहीलाई पारदर्शी बनाउने आगामी दिनमा कार्यालयको सेवालाई थप चुस्त राख्न निर्देशनसमेत दिनुभयो ।

कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले सेवाग्राहीलाई सहज बनाउन ई–पेमेन्ट सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । ई–पेमेन्ट सेवामार्फत् १ लाखसम्म भुक्तानी गर्न मिल्ले व्यवस्था कार्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्