कृष्णउदास खनाल, वीरगन्ज
पर्सामा आर्थिक लेनदेनका बिषयमा जनप्रतिनिधि बीचमै असंतुष्टी देखिएको छ । जिल्लाको पकाहामैनपुर गाउ“पालिकामा व्यापक अनियमितता भएको भन्दै जनप्रतिनिधिहरु पत्रकार सम्मेलनमा उत्रिएपछि यस्तो विवाद सतहमा आएको हो ।
गाउ“पालिकाको उपाध्यक्ष कुमुमीदेवी, कार्यपालिका सदस्य विनोद सहनी, जाल महम्मद मियाँलगायत केही जनप्रतिनिधि र राजनीतिक अगुवाहरुले वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर गाउँपालिकामा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका छन्।
जनप्रतिनिधिले आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ मा सरकारबाट आएको अनुदान रकम नियम विपरीत खर्च गरेको उनीहरुको आरोप छ । कमिसनको भरमा विकासे योजनाहरु चलाई गाउ“पालिकाको बजेटमा गाउ“पालिका अध्यक्ष विजय चौरसिया र प्रमुख प्रशासकीय अधिकृत हिरा भुसालले व्यापक हिनामिना गरेको उनीहरुको दावी छ ।
अध्यक्ष विरुद्ध उपाध्यक्ष्ँको आर्थिक अनियमिता गरेको आरोप ।
बजेटका विषयमा गाउ“पालिका अध्यक्ष र उपाध्यक्षबीच बोलचाल बन्द भएपछि दैनीक काम कारबाही प्रभावित ।
पछिल्लो दुई आर्थिक वर्षमा भएको खर्च विवरणमा शंका
आर्थिक वर्ष २०७३÷७४ मा गाउ“पालिकामा आएको १ करोड ९ लाख रुपिया“ रकममध्ये कम्प्युटर र फर्निचर शीर्षक तथा सफ्टवेयर शीर्षकमा मात्रै ४९ लाख रुपिया“ खर्च गरेर बा“की रकम हिनामिना गरेको आरोप उनीहरुले लगाएका छन् । आफूहरुले गाउ“ प्रमुख चौरसिया र प्रमुख प्रशासकीय अधिकृत भुषालसँग गाउँपालिकाको हिसाब किताब माग गर्दासमेत नदिएर आलटाल गर्दै आएको उनीहरुको भनाइ छ ।
आर्थिक वर्ष २०७३÷७४ मा कार्यालय व्यवस्थापनका लागि एक करोड भन्दा बढी रकम गाउ“पालिकामा पठाएकोमा प्रत्येक वडामा एउटा–एउटा मात्र कम्प्युटर र फर्निचर खरिद गरी बा“की रकम अनियमितता गरेकोले छानबिन गरिनुपर्ने केही पदाधिकारीको माग छ ।
आर्थिक वर्ष ०७४÷७५ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत १३ लाख रुपिया“, कृषिमा ५२ लाख रुपिया“, सडक निर्माणमा गोप्य टेन्डर गरी खर्च गरेको ४५ लाख रुपिया“, वाईफाई जडानको नाममा छुट्याइएको ३५ लाख मध्ये २५ लाख मात्र निकासा गरी खर्च गरेको विषयमा छानवीन हुनुपर्ने उनीहरु बताउ“दै आएका छन् ।
त्यसैगरी शहीद शत्रुघ्न पटेलको नाममा चुनाव जितेपनि हालसम्म शालिक अनावरण नगरेकोले तुरुन्त अनावरण गरिनुपर्ने, गत आर्थिक को आयव्यय विवरण सार्वजनिक गरिनुपर्ने तथा चालु आर्थिक वर्ष २०७५÷७६ को परिषद् खारेज गरी सार्वजनिक रुपमा पारदर्शी हुनेगरी नया“ परिषद गठन हुनुपर्ने माग उनीहरुले राखेका छन् ।
तर, गाउ“पालिकाका अध्यक्ष विजय चौरसियाले भने आफूले एक रुपिया“ पनि कमिसन नलिएको बताउ“दै केही बिरोधीहरुले आफ्नो राजनीतिक बर्चश्व जोगाउन विभिन्न आरोप लगाएको जिकिर गर्नुभयो । तर गाउ“पालिकामा कार्यरत एक कर्मचारीले भने अध्यक्ष र उपाध्यक्ष बीचमा बोलचाल नभएको लामो समय भईसकेको बताएका छन । उनीहरुबीच बजेटकै बिषयमा विवाद भएको पनि ती कर्मचारीको भनाई छ ।











प्रतिक्रिया