पुष्कर बुढाथोकी, भक्तपुर
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले कृषकका लागि सरकारले बिभिन्न कार्यक्रमहरु ल्याउने तयारी गरेको बताउनु भएको छ ।
शनीबार भक्तपुरको सूर्यविनायकमा आरम्भ कृषि सहकारी संस्था लिमिटेडको आठौ“ साधारण सभामा बोल्दै मन्त्री खनालले उत्पादनमा बृद्धि गर्नका लागि अनुदान र सहुलीयत ऋणमा बृद्धि गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
कृषि र सहकारी मन्त्रालयबाट कृषक एवं कृषि सहकारीका लागि जाने अनुदानको पहु“च समेत बृद्धि गर्नुपर्नेमा जोड दिदै उहा“ले कृषि उत्पादनमा लागेको संस्थाको पहिचान गर्दै अनुदान दिनेबारे मन्त्रालयले कार्य अगाडि बढाएको बताउनुभयो ।
अरु सहकारी फस्टाउ“दै गएपनि कृषि सहकारी भने जोखिम मै रहेको चर्चा गर्दै मन्त्री खनालले कृषकले गरेका उत्पादनले सहज रुपमा बजार नपाउ“ने र उचित मूल्य नपाउ“दा कृषक मारमा परेको धारणा राख्नुभयो ।
महिलाको श्रमको मूल्य अझै नभएको भन्दै महिलाको श्रमबाटै देशको विकासमा टेवा पुगेको कुरालाई कसैले पनि बिर्सन नहुनेमा उहा“ले जोड दिनुभयो । समग्र सहकारी र कृषिमा ६० लाख मानिस जोडिएको बताउँदै उहाँले महिलाहरुले सहकारी मार्फत श्रम, लगानी र आम्दानीमा बृद्धि गर्दा देश कै आर्थिक मेरुदण्ड सबल हुने भनाई राख्नुभयो । महिलाको श्रमको मूल्य अझै नभएको भन्दै महिलाको श्रमबाटै देशको विकासमा टेवा पुगेको कुरालाई कसैले पनि बिर्सन नहुनेमा उहा“ले जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराईले कृषि सहकारी छायामा पर्दै आएको सन्दर्भ कोट्याउ“दै कृषि उत्पादनमा बृद्धि गर्न र कृषकलाई प्रोत्साहन गर्नका लागि सरकारले कृषि सहकारीको स्तर उठाउ“ने कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उत्कृष्ठ व्यवसायी बलराम सिबन्जार, ज्येष्ठ नागरिक आरती थापा, असल बचतकर्ता बिकुलाल मानन्धर, उत्कृष्ठ समूह डोलेश्वर सामाजिक परिवार र असल ऋणी कैले तामाङ्गलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष महेश थापाले संस्थाको वित्तीय विवरण सार्वजनीक गर्दै उक्त संस्थाको शेयर ५३ लाख २५ हजार ८ रुपिया“, निक्षेप संकलन ६५ लाख ८९ हजार ४८ रुपिया“ र ऋण प्रवाह ६६ लाख ४५ हजार २ सय ७१ रहेको बताउनुभयो ।











प्रतिक्रिया