काठमाडौं, (नेस)
निजी क्षेत्रको अग्रसरतामा वित्तीय तथा लगानी कम्पनी खोल्नुपर्ने निष्कर्ष शनिबार आयोजित भेलाले निकालेको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघको काठमाडौंमा आयोजना भेलामा सहभागी विज्ञ, उद्यमी र व्यवसायीहरुले छलफल गर्दै सोको लागि आवश्यक अध्ययन तथा तयारी गर्ने निर्णय गरेको हो ।
परिसंघका अध्यक्ष गुणराज ढकालको अध्यक्षतामा भएको भेला भएको थियो । नेपाल नवीकरणीय ऊर्जा परिसंघ पर्यावरण संरक्षण, लैंगिक समानता र समावेशिताको सिद्धान्तको आधारमा रही ग्रामीण तथा शहरी जनजीवनका लागि आवश्यक ऊर्जामा सबैको पहँच पु¥याउनका लागि नवीकरणीय ऊर्जाका स्रोत परिचालन गर्ने परिसंघको लक्ष्य छ ।
नवीकरणीय ऊर्जाका प्रविधि अध्ययन गर्ने, अनुसन्धान गर्ने, विकास गर्ने, प्रवद्र्धन गर्ने, आवश्यकताअनुसार सो सम्बन्धमा विज्ञ, व्यवसायी, प्राविधिकबीच सल्लाह, परामर्श, संवाद र अन्तक्र्रियाको माध्यमबाट नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन र विकासका लागि सहजिकरण गर्ने उद्देश्यबाट स्थापित संस्था हो ।
वैकल्पिक ऊर्जा प्रविधि प्रवद्र्धनका लागि आवश्यक प्रविधि, सामग्री र उपकरण आपँर्ति गर्ने, प्राविधिक सेवा दिने, जडान गर्ने, बिक्रीपछि मर्मत सम्भार गर्नेलगायतका व्यवसायमा संलग्न निजी क्षेत्रका कम्पनी वा फर्मको छाता संगठन, गैरसरकारी संस्था नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल सौर्य विद्युत् उत्पादक संघ, नेपाल सौर्य तापीय ऊर्जा संघ, नेपाल जल तथा ऊर्जा परार्मदाता संघ, बायोग्यास सेक्टर पार्टनरसिप नेपाल र स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) नवीकरणीय ऊर्जा परिसंघमा आबद्ध रहेका छन् ।











प्रतिक्रिया