काठमाडौं, (नेस)
नेपाल अटोमोबाइल्स रिकन्डिसन व्यवसायी संघको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
सो अवसरमा ट्राफिक प्रहरी महाशाखाका चोरी नियन्त्रण शाखाका प्रमुख तथा प्रहरी निरीक्षक रुद्रबहादुर शाहीले मोटरसाइकल चोरी नियन्त्रणका लागि रिकन्डिसन व्यवसायीको पनि महत्वपँर्ण भँमिका हुने बताउँदै आगामी दिनमा संघ र ट्राफिक प्रहरीबीचमा सहकार्य गर्न सकिने बताउनुभयो ।
महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले समाज वा राष्ट्र सञ्चालनका लागि समेत रिकन्डिसन व्यवसायीको भँमिका महत्वपँर्ण भएको बताउनुभयो ।
टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष तथा नाडा कार्यसमिति सदस्य दीपक अग्रवालले मोटरसाइकल आयातकर्तासँगै रिकन्डिसन व्यवसाय समेत विस्तार भइरहेको समयमा दुवै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
नेपाल रिकन्डिसन व्यवसायी संघका अध्यक्ष बीएन पाठकले संघले हासिल गरेका उपलब्धि र आगामी योजनाका वारेमा जानकारी गराउनुभयो । गत वर्ष मोटरसाइकल नामसारी लगायतका कार्यका लागि जाने व्यवसायीलाई यातायात कार्यालयमा परिचय पत्र प्रदान गर्ने, सेवाग्राहीलाई आवश्यक सल्लाह प्रदान गर्ने, ट्राफिक प्रहरीसँग अन्तरक्रिया गर्ने आदि कार्य संघले सम्पन्न गरेको जानारी गराउनुभयो











प्रतिक्रिया