काठमाडौं, (नेस)
महिन्द्रा एन्ड महिन्द्राले नयाँ पुस्ताको महिन्द्रा पिक–अपको स्तरोन्नति गरिएको संस्करण बजारमा ल्याएको छ । यो स्कर्पियोका निर्माताको तर्फबाट विशिष्ट अफर रहेको कम्पनीको भनाइ छ ।
छ गतिको प्रसारण, १०३ किलोवाटसहितको शक्तिशाली टर्बोडिजल शक्ति र २५ सय किलोको भार वहन क्षमतायुक्त महिन्द्रा पिकअपले प्रतिस्पर्धीहरूको ध्यान आकर्षित गर्ने कम्पनीको दाबी छ । महिन्द्राले वर्षौंदेखि स्कर्पियो ब्रान्डमार्फत डबल क्याब बजारको नेतृत्व गरिरहेको छ ।
नयाँ स्कर्पियो पिक–अप महिन्द्राको यही बजारप्रतिको प्रतिबद्धताको प्रमाण हो । टर्बोडिजल इन्जिन ६ प्रकारका गतिदिने मानव चालित गियर बक्ससँग जोडिएको छ जसले गाडीको पछाडिका चक्कालाई समेत सञ्चालन गर्छ ।
एस १० डबल क्याब समँहको नेतृत्वदायी वाहन हो । रिमोट सेन्ट्रल लकिङ, क्रुज कन्ट्रोल, नेभिगेसन, अटो क्लाइमेट कन्ट्रोल र मल्टिफक्ंसन स्टेरिङ ह्विलयसका केही अत्याधुनिक विशेषता हुन् ।











प्रतिक्रिया