टाटासुमो सुलभ ब्याजदरमा



नेपाल समाचारपत्र, काठमाडौं
सिप्रदी ट्रेडिङ्ग प्रा. लि र मुक्तिनाथ बिकास बैंक लि.बीच ‘आफ्नो गाडी आफै सवारी’ नामक व्यवसायिक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

सिप्रदी ट्रेडिङ्गप्रा. लि. ले व्याजदरमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएकोले यो अभियान अन्तर्गत व्यवसायिक प्रयोजनका लागी सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ बिकास बैंक लि. ले १० दशमलब ५ प्रतिशत ब्याजदरमा गाडीको मँल्यको ७० प्रतिशत सम्म कर्जा प्रदान गर्ने जनाईएको छ ।

यस अभियान अन्तरगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकलाइ निशुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुविधा प्रदान हुनेछ । अभियानले स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरु रोजगारीका लागी विदेशिनुपर्ने बाध्यतालाई कम गर्ने बताइएको छ। यस अभियानको बारेमा लक्षित समँहलाई जागरुक गराउन पत्रकार रवि लामिछाने २ बर्षको अवधिका लागि सिप्रदी ट्रेडिंग प्रा. लि. संग अनुबन्दित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्