न्युयोर्क,(एजेन्सी)
फेसबुक कम्पनीले बैंकहरुसंग धमाधम प्रयोगकर्ताहरुको आर्थिक कोरोबारको विवरण मागिरहेको भन्ने आरोप अस्विकार गरेको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलले विशाल सामाजिक संजालले अमेरिकी बैंकहरुसंग यस्ता तथ्यांक मागिरहेको आलेख छापेको थियो ।
फेसबुकले केहि प्रयोगकर्ताहरुले आफ्नो म्यासेन्जर एपमा केहि आर्थिक सुचनाको पहुँचमा पुग्न खोजेको जनाएको छ । साथै फेसबुकले यसरी प्राप्त गरेको आर्थिक विवरणलाई विज्ञापनको उद्देश्यमा प्रयोग नगरिएको पनि जनाएको छ ।
वाल स्ट्रिट जर्नलले फेसबुकले जेपि मोर्गन चेज , वेल्स फार्गो , सिटीग्रुप र युएस ब्यानकोर्पसंग प्रयोकर्ताहरुको खाताको ब्यालेन्स र आर्थिक कारोवारको विवरण मागेको खवर छापेको थियो ।
फेसबुकले भनेको छ , ‘ अन्य थुप्रै कमर्श बिजिनेस चलाउने अनलाइन कम्पनी जस्तै हामी पनि ग्राहकहरुलाई कस्टोमर च्याट वा एकाउन्ट म्यानेजमेन्ट जस्ता सेवाहरु उपलब्ध गराउन बैंकहरु र क्रेडिट कार्ड कम्पनीहरुसंग साझेदारी गर्दछौं । यसका ेमूल उद्देश्य बैंकसंगका कुनै पनि कारोवार गर्दा फोनमा होल्ड गरी पर्खनु सटा म्यासेजलाई बढावा दिनु रहेको छ । ’
अहिले पनि केहि एकाउन्ट लिंकिंग तुलनात्मक रुपमा निकै सानो परिमाणमा भइरहेको बताइएको छ । सिटी बैंकसंग कारोवार गर्ने सिंगापुरवासीहरुले अहिले आफ्ना पछिल्ला आर्थिक कारोवारको विवरण र ब्यालेन्स चेक फेसबुकबाटै गर्न सक्छन् । तर गत वर्ष संयुक्त अधिराज्यमा म्यासेन्जर मार्फत पैसा भुक्तानी गर्ने सुविधाकबाट फेसबुक प्रयोगकर्ताहरुलाई बन्चित गराइएको थियो ।











प्रतिक्रिया