हाइपरसोनिक हतियारको सफल परिक्षण

0
Shares

बेइजिङ (एजेन्सी)
चीनले ध्वनीको गति भन्दा ६ गुणा बढी माक ६ को बेगले उडान भर्न सक्ने हाइपरसोनिक प्रविधिको सफल परीक्षण गरेको दावी गरेको छ ।

उक्त प्रविधिको विमानलाई परम्परागत तथा परमाणु हतियार र आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमाथि हाइपरसोनिक बेगमा प्रहार गर्नमा प्रयोग गर्न सकिने दावी गरेको छ । अमेरिका र रुसले पनि हाइपरसोनिक प्रणालीको परीक्षण गरेको छ तर चीनले यस क्ष्ोत्रमा पर्याप्त प्रगति गरेको अनुमान गरिएको छ ।

परीक्षणका विकाश गरिएको सिङकोङ–२ हाइपरसोनिक बाहन बेइजिङ स्थित चाइना एकेडमी अफ एरोस्पेस एरोडाइनामिक्सले डिजाइन गरेको हो । उक्त बाहनले ध्वनीको गति भन्दा ६ गुणा बढी बेग हासिल गर्न सफल भएको बताइएको छ ।

हालैको परीक्षण गत शुक्रबार उत्तर पश्चिम चीनको एब अज्ञात स्थलमा भएको हो । स्वतन्त्र उडान अगाडी विमान सुरुमा विभिन्न चरणमा ठोस इन्धनयुक्त रकेटले बोकेको र यसले ४ सय सेकेन्डमा माक ५ दशमलव ५ गति समातेको थियो । यसको अधिकतम बेग माक ६ अर्थात ४ हजार ६ सय माइल प्रतिघण्टा बेग रहेको सरकारी समाचार पत्र चाइना डेलीले उल्लेख गरेको छ ।

‘भी‘ अर्थात ‘वेज‘ आकारको यो यानले अधिकतम १८ माइल भन्दा केही माथिसम्म उडान भरेको थियो । विमान निर्धारित क्षेत्रमै अवतरण गरेको र यसको अवलोकन गरिरहेकाहरुले परीक्षणलाई ‘बृहत सफल‘ भएको बताए ।