कुपोषण पिडित बालबालिकाको उद्धार

0
Shares

वासिंगटन,(एजेन्सी)
अमेरिकी राज्य न्यु मेक्सिकोमा प्रहरीले एउटा विकट क्षेत्रको निर्जन स्थानबाट खान नपाएर कुपोषण पिडित भएक एघार जना बालबालिकालाई उद्धार गरेका छन् । निकै फोहर परिसरमा राखिएको एक देखि पन्ध्र वर्ष उमेर समुहका तिनीहरुले झुत्रोझाम्रो लगाएको तथा खुटामा जुत्ता समेत नभएको र तेश्रो विश्वका शरणार्थी जस्त ैदेखिएको प्रहरीले जनाएको छ ।

सो घरमा ‘ हामी भोकाएका छौं र हामीलाई खाना र पानी चाहिएको छ ’ भन्ने वाक्याँश सहितको बोर्ड देखेको खबर एक व्यक्तिले प्रहरीलाई खवर गरेपछि त्यहाँ प्रहरीले खानतलाशी गरेको थियो । कोलराडोको सिमाना स्थित अमालियाको उक्त परिसरमा तिनीहरु कसरी पुगे भन्ने स्पष्ट हुन सकेको छैन ।

प्रहरीले एउटा सानो भुमिगत सवारी साधनमा प्लाष्टिकले छोपिएको तथा पानी र बिजुलीको व्यवस्था नभएके स्थानमा तिनीहरु फेला परेको बताएका छन् । टाओस काउन्टि सेरिफ जेर्री होग्रेफले आफ्नो तिस वर्षिय सेवाकालमा यस्तो अनुभव कहिल्यै नगरेको र फोहरी अवस्थामा भेटिएका तिनीहरु भोक र तिर्खाले चुर देखिएको एवीसी न्युजलाई बताएका छन् ।

प्रहरीले घटनास्थलबाट गिरफतार गरिएका सिराज वाहाज र लुकास मोर्टोन नामक दुईजना हतियारधारी पुरुषलाई प्रहरीले बाल उत्पीडनका थुप्रै अभियोग लगाएका छन् ।