लादेनकी आमाको पहिलो अन्तरवार्ता, उनी तेजिलो र स्वच्छ बच्चा थिए: आलिया घानेम

0
Shares

लन्डन, (एजेन्सी)
विश्वकै सबैभन्दा चर्चित इस्लामिक कट्टरपन्थी ओसामा बिन लादेन कुनै बेला अत्यन्तै लजालु स्वभावका थिए। उनी अरू सामान्य बच्चाजस्तै आफ्नी आमालाई अत्यन्त माया गर्थे। पढाइमा पनि अत्यन्त राम्रा थिए। लादेनको बाल्यकालका विषयमा उनकै आमाले ती कुरा भनेकी हुन्। ओसामा मारिएको ७ वर्षपछि उनकी आमाले पहिलो पटक सञ्चार माध्यममा आफ्ना छोराका विषयमा बोलेकी हुन्।
द गार्जियनलाई दिएको अन्तरवार्तामा आलिया घानेमले ओसामा जन्मेको केही समयपछि नै उनका पितासँग उनले पारपाचुके गरी दोस्रो विवाह गरेकी थिइन्। अहिले उनको एक परिवार छ, तर ओसामाका बारेमा उनी भन्छिन्– ‘उनको पहिलो सन्तान लादेन अत्यन्तै लजालु स्वभावका थिए र उसलाई अत्यन्तै माया गर्थे।बिन लादेनको परिवार साउदी अरेबियामा सबैभन्दा प्रभावशाली परिवारमध्येको एक हो। यो परिवारले निर्माण व्यवसायबाट सम्पत्ति जोडेको हो।’ ओसामा बिन लादेनका पिता मोहम्मद बिन अवाद बिन लादेनले आलिया घानेमलाई ओसामा जन्मेको ३ वर्षपछि तलाक दिएका थिए। अवाद बिन लादेनका ५० भन्दा धेरै बच्चा छन्।
ओसामा २० वर्षको हुँदा अत्यन्तै बलियो, उत्साही र स्वच्छ थिए तर पछि परिवर्तन भए। जेद्दास्थित किङ अब्दुल्लाजिज युनिभर्सिटीमा पढाइका क्रममा नै ओसामा कट्टरपन्थी बनेका थिए। छोरोका बाल्यकाल सम्झँदै घानेमले बताइन्– ‘युनिभर्सिटीका विद्यार्थीहरूले उनलाई परिवर्तन गरे। उनी एक फरक व्यक्ति बने। त्यहाँ उनले अब्दुल्ला अजाम नामका एक व्यक्तिसँग भेटे, जो मुस्लिम ब्रदरहुदका सदस्य थिए। उनलाई साउदी अरेबियाबाट निर्वासित गरिएको थियो र पछि उनी नै ओसामाको धमगुरु बने।’
अन्तरवार्ताका क्रममा बिन लादेनका २ भाइ हसन र अहमद पनि सँगै थिए। घानेमले अगाडि बताइन्– ‘ऊ अत्यन्तै राम्रो बच्चा थियो, जबसम्म उसले त्यस्ता व्यक्तिसँग संगत गरेको थिएन। उनीहरूले नै उसको ब्रेनवास गरे। उनीहरूले त्यस्तो गर्दा पैसा पाउँथे। मैले सधैं ओसामालाई त्यस्ता व्यक्तिबाट टाढा रहन भन्थें र उसले के गरिरहेको छ भन्ने कुरा कहिले पनि मलाई भनेन, किनभने ऊ मलाई धेरै माया गथ्र्यो।’
सन् १९८० को दशकको शुरुआती वर्षमा ओसामा रुसको हस्तक्षेपविरुद्ध लड्न उनी अफगानिस्तान पुगे। घानेमले भनिन्– ‘शुरूका दिनमा ओसामासँग जसले पनि भेटे, उनीहरू उनलाई सम्मान नै गर्थे। शुरूमा हामीलाई ऊमाथि अत्यन्तै गर्व महसुस हुन्थ्यो।’ यहाँसम्मकि साउदी सरकारले पनि ऊसँग अत्यन्त राम्रो सम्बन्ध राखेका थियो। फेरि सबै कुरा अगाडि आयो– ‘ओसामा द मुहाजिद।’ छोरा जिहादी बन्छ भन्ने लागेकोे थियो? भन्ने प्रश्नको जवाफमा घानेमले भनिन्– ‘यो मेरो दिमागमा कहिल्यै आएन।’
यसको जानकारी कसरी पाएपछि उनलाई कस्तो लाग्यो भन्ने प्रश्नको जवाफमा उनले भनिन्– ‘हामी अत्यन्तै दुखी थियौं। यो अरू कसैलाई होस् भन्ने मैले चाहेकी पनि थिइनँ। उसले सबै कुरा त्यत्तिकै किन बर्बाद ग¥यो ?’
अन्तिम पटक ओसामालाई सन् १९९९ मा अफगानिस्तानमा देखेको घानेमले बताइन्। त्यो वर्ष उनी २ पटक ओसामासँग भेट्न गएकी थिइन्। त्यतिबेला ओसामा कान्धारबाहिर १ भवनमा बस्थे। सेप्टेम्बर ११ को घटना घटेको अब १७ वर्ष भइसकेको छ तर पनि घानेमले अहिलेसम्म पनि त्यसका लागि आफ्नो छोरा होइन, ऊसँग बस्नेहरूलाई दोषी मानिरहेको ओसामाका सौतेला भाइ बताउँछन्। उनले भने– ‘हमला भएको ४८ घन्टाभित्रै हामीले थाहा पाएका थियौंकि ओसामा नै यसको जिम्मेवार हो। हामी सबैका लागि त्यो लज्जास्पद थियो। हामीलाई थाहा थियो कि हामी सबैले यसको परिणाम भोग्नुपर्नेछ।’

Skip This