सडक किनारमा रहेको बम विस्फोट


काबुल ।
अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ ।

यसमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

आतङ्ककारी समूहले सडकको किनारका जडान गरेर राखेको सो बम एक यात्रुवाहक बससँग ठोक्किँदा सो हताहत भएको हो । यस विस्फोटको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन ।

यस विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा नलिएको, तर यस प्रकारको विस्फोट बारम्बार तालिवान आतङ्ककारी समूहले गराउदै आएको हुनाले हाल पनि सोही समूहको हात रहेको प्रहरीको दाबी रहेको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।