आँधीहुरीका कारण सयौं उडान रद्द

0
Shares

टोकियो, (एजेन्सी)
शक्तिशाली आँधीबेहरीका कारण जापानमा शनिबार सयौं उडान रद्द गरिएका छन्। सो हुरीको गति १ सय ८० किलोमिटर प्रतिघन्टासम्म रहेको सरकारी अधिकारीहरूले बताएका छन्।

जोगदारी नाम दिइएको सो आँधीबेहरी शनिबार राति वा आइतबार बिहानसम्ममा जापानको मुख्या टापु होन्सुमा आइपुग्ने राष्ट्रिय मौसम तथा जलवायु विभागका अधिकारीहरूले बताएका छन्।

करिब एक महिनाअघि मात्र जापानमा आएको भीषण बाढीमा २ सय जनाभन्दा बढी मानिसको ज्यान गएको थियो। त्यसको लगत्तै आएको तापलहरमा पनि दर्जनांै मानिसले ज्यान गुमाउनुपरेको थियो।

जलवायु विभागले हुरी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित गन्तव्यतर्फ प्रस्थान गर्नका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ। अहिले राजधानी टोकियोदेखि करिब २ सय किमि दक्षिणमा पर्ने जोँगदारीलाई तहसनहस गरिरहेको यो आँधीबेहरी चाँडै नजिकैको नागोया शहरमा पुग्ने भविष्यवाणी गरिएको छ।

अहिले सो आँधी ४५ किमि वेगमा इजु टापुभित्रको मियाके टापुनजिक पश्चिम र उत्तर पश्चिमतर्फ बढिरहेको बताइएको छ।

Skip This