साइट डाउन हुँदा नेप्सेको कारोबार प्रभावित

0
Shares

काठमाडौं । पुँजि बजारको कारोबार गर्ने एक मात्रै नेपाल स्टक एक्सचेन्जको सिष्टममा खरावी आउँदा बुधवार विहान करिब एक घण्टा शेयर कारोबार ठप्प हुन पुगेको छ । नेप्सेको सिष्टम चलाउने सर्भर नै क्र्यास भएपछि समस्या आएको हो ।

नेप्सेको सिष्टममा खरावी आएपछि बुधवारको कारबार प्रभावित हुन पुग्दा राज्यलाई ठूलो रकम कर घाटा लागेके छ ।

दैनिक चार घण्टा शेयर कारोबारबाट ५० करोडदेखि एक अर्ब हाराहारीमा कारोबार हुँदै आएको छ । एक घण्टा शेयर कारोबार भाँडिदा करिब २५ करोड रुपैयाँको कारोबारबाट प्राप्त हुने आम्दानी तथा कर घाटा लागेको छ ।

नेप्सेको साइट यो समाचार तयार (१२ः१९ बजेसम्म) गर्दासम्म खुलेको छैन ।