करोडौं लगानिमा सरकारी भवन

0
Shares

अनिल खत्री, गुल्मी । संघिएता कार्यन्वयन भएसँगै जिल्ला कार्यालयहरुमा रहेको अधिकार गाउँपालिकामा केन्द्रित भएको छ । यतिबेला जिल्लामा धेरै कार्यालयहरु कार्यालय प्रमुख र केहि कर्मचारीहरु मात्रै छन् ।

पहिले भरिभराउ भएका गुल्मीका कार्यालयहरु हाल भने प्रमुखहरु र केहि कर्मचारी मात्रै हुँदा सुनसान जस्तै देखिन थालेका छन् । जिल्लाका बिभिन्न ठाउँबाट बिभिन्न कामले मानिसहरु पनि आउन नपरेसँगै जिल्ला तहमा रहेका कार्यालयहरु शुनसान जस्तै देखिन थालेका छन् ।
जिल्ला तहका धेरै जसो कार्यालयहरुका कर्मचारी समेत गाउँपालिकामा पुगेर काम गर्न सुरु गरिसकेका छन् ।

तर कार्याहरुको अधिकार गाउँपालिकामा गएपनि गुल्मी जिल्ला सदरमुकाममा केहि कार्यालयहरुको निर्माण कार्य भने धमाधम चलिरहेको छ । जिल्लाको सदरमुकाममा धेरै जसो कार्यालयहरुको आफ्नै भवन छन् ।

केहि भवन नभएका कार्यालयहरुको निर्माण कार्य भने चलिरहेको छ । नियमित प्रक्रियामा रहेकाले भवन नभएका कार्यालयहरुको लागी नयाँ भवन बन्ने क्रम चलिरहेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिका पनि भाडामा सञ्चालनमा रहेको छ । कार्यालयको लागी पनि गत वर्ष देखि तम्घासकै पुतली बजारमा नयाँ भवन बन्दै छ ।

नगरपालिकाको हाल भने केहि कम बजेट भएकाले निर्माण कार्य सुस्त गतिमा चलेको छ । नगरपालिकाको लागी ०७१ सालबाट भवन निर्माण कार्य चलि रहेको छ । नगरको लागी २ करोड वढीमा भवन निर्माण कार्य चलेको हो । नगरपालिकाले जिल्ला तहमा रहेका कार्यालयहरुको अधिकार गाउँपालिकामा केन्द्रित भएपछी खाली रहेका कुनै कार्यालयमा राख्न पनि सक्ने छ ।

जिल्लामा जिल्ला सदरम्ुकाममा रहेको नापी कार्यालयको अधिकार बारे हाल सम्म केहि नभएपनि भाडामा बस्दै आएको कार्यालयको नयाँ भवन बन्दैछ । जिल्ला सदरमुकाम तम्घासको उपल्लो तम्घासमा रहेको नापी कार्यालयले आफ्नै भवन निर्माण कार्यलाई तिब्रता दिएको छ ।
कार्यालयलको ०७३ साल फागुन २१ गतेबाट आगामी असार मसान्त सम्म पुरा गर्ने गरी भवन निर्माण चलिरहेको छ ।

कुल २ करोड १९ लाख लागतमा कार्यालयको लागी भवन बन्दैछ । त्यस्तै लामो समय सम्म भाडामा रहेर कार्यालय सञ्चालन गरेको महिला तथा वालवालिका कार्यायलको पनि नयाँ भवन बन्न सुरु भएको छ ।

लामो समय सम्म जग्गा बिवादमा भवनको रकम आउने फ्रिज हुने गरेको कार्यालयको पछील्लो समयमा भने निर्माण कार्य चलिरहेको छ । उक्त कार्यालयको पनि तम्घासकै उपल्लो तम्घासमै नयाँ भवन बन्दै छ । ०७३ साल बैखाखबाट कार्यालयको लागी १ करोड ७३ कुल लागतमा भवन बन्दैछ । ०७५ साल कार्तिकमा निर्माण कार्य सम्पन्न हुने सम्झौतामा उल्लेख रहेको छ ।

निर्माण कार्य चलिरहेको अर्को कार्यालयमा जिल्ला कृषि बिकास कार्यालय गुल्मीमा पनि कार्यालय प्रमुखको लागी आवास बन्दैछ । यहि आर्थिक वर्ष पुरा गर्ने गरि ४ कोठे कार्यालय प्रमुख निवास बन्दै गरेको हो ।

कायालयको भवन परिसरमा निर्माणधिन कार्यालय प्रमुख निवास कुल ३० लाख लागतमा बन्दैछ । निवास निर्माणको लागी निर्माण कार्यपनि तिब्र गतिमा चलिरहेको छ ।

जिल्लामा धेरै जसो सरकारी कार्यालयहरुको आफनै भवन भएपनि जिल्ला भुसंरक्षण, तम्घास सिमलटारी प्यूठान सड्क आयोजना कार्यालयहरु भाडामा छन् । जिल्लाको अधिकार गाउँपालिकामा केन्द्रित हुँने तर जिल्ला तहमा रहेका कार्यालयहरुको निर्माण कार्य नरोकिनुले सकारी तबरबाट ठुलो रकम खर्चेको बनेका भवन प्रयोग बिहिन बन्ने हो कि भन्ने अर्को तर्फ छ ।

स्थानिय तह भाडामा
गुल्मी जिल्लामा रहेका १२ वट मस्थानिय हत सबै भडामा कार्यालय स्थापना गरेर सञ्चालनमा छन् । स्थानिय तहमात्रै होइन् धेरै वडा कार्यालयहरु स्वास्थ्य चौकीहरु पनि भाडामा सञ्चालनमा छन् ।

जिल्लामा रहेका कुल ९३ मध्ये ३७ वटा वडा कार्यालय भाडामा रहेका छन् । कुल मध्ये ५६ वटा वडा कार्यालय आफनै भवन र केहि स्कुलहरुको भवनबाट सञ्चालनमा रहेको जिल्ला समन्वय समिति गुल्मीका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले जानकारी दिए ।

ति वडा कार्यालयहरुले भाडा बु्झाउन पर्दैन् । यो आर्थिक वर्ष गुल्मीमा २ वटा गाउँपालिका भवन र २ वटा वडा कार्यालय भवन बनाउने गरि सहमति गरेका छन् । गाउँपालिका तर्फ रुरु गाउँपालिकाको भवन र धुर्कोट गाउँपालिकाको भवन बनाउने जिल्ला स्तरीय सहमती गरेर पठाइएको गौतमले बताए ।

वडा कार्यालय तर्फ इस्मा गाउँपािलकाको एउटा वडा कार्यालय र सत्यवती गाउँपालिकाको एउटा वडा कार्यालय बनाउने सहमती भएको छ ।