लक्ष्मी बैंकको नर्भिक प्रिभिलेज डेविड कार्ड

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
लक्ष्मी बैंकले नर्भिक प्रिभिलेज डेविड कार्ड प्रस्तुत गरेको छ। विद्यमान खातावालाहरूले आफ्नो कार्डलाई बैंकले तोकेको न्यूनतम ५ हजार रुपियाँ मौज्दात कायम गरी उक्त प्रिभिलेज कार्ड प्राप्त गर्न सक्नेछन्। बैंकमा खाता नभएका ग्राहकले लक्ष्मी बैंककमा खाता खोली २५० रुपियाँमा ग्रिन ई–बैंकिङ प्याकेजको सुविधासहित सम्पूर्ण ई–बैंकिङ सुविधाको साथ प्रिभिलेज कार्ड पनि प्राप्तगर्न सक्नुहुने छ।

प्रिभिलेज कार्ड बाहकलाई नर्भिक हस्पिटलले आफ्ना हेल्थ प्याकेजहरूमा, रेडियोलोजी, प्याथलोजी, सर्जरी, नन् इन्भासिभ कार्डियोलोजी, सिटि÷एमआरआई एवं म्यामोग्राम परीक्षण तथा वेड शुल्कमा छुटको व्यवस्था मिलाएको छ।

उक्तको कार्ड हस्पिटलका अध्यक्ष वसन्तकुमार चौधरी तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सामूहिक रूपमा प्रस्तुत गर्नुभएको थियो। यससँगै हस्पिटलको सम्पूर्ण उपचार सेवा न्यूक्लियर मेडिसिन सेन्टरका रूपमा परिणत भएका छन्।

Skip This