लेखेरै अर्बपति



काठमाडौं, (नेस)
३१ जुलाई १९६५ जम्मिएकी जोएन जो रोलिङ जसको साहित्यिक नाम जे.के. रोलिङ र रोवर्ट ग्यालब्रेथका रूपमा विश्वले चिन्दछ। बेलायती उपन्यासकार तथा ४० करोडभन्दा बढी बेचिएको पुस्तक ह्यारी पोर्टरकी लेखिका हुन्।

लेखेरै अर्बपति बन्ने रोलिङ पहिलो व्यक्ति हुन्। फोब्र्स पत्रिकाले रोलिङलाई पहिलो अर्बपति लेखिकाको रूपमा परिचय दिलायो। तर, पछि उनले आफ्नो सम्पत्ति आफ्नै च्यारिटी संस्था लुमसलाई दिइन्। उनले एक अर्ब ६० करोड डलर च्यारिटीलाई दान गरेकी थिइन्। सन् २०१२ मा विश्वका शक्तिशाली महिलाको सूचीमा रोलिङ ६१औं स्थानमा थिइन्। यस वर्ष उक्त सूचीमा उनी २६औं स्थानमा छिन्। जे. के. रोलिङको अहिलेसम्म ४० देखि ५० करोड प्रतिसम्म पुस्तक बिक्री भएको रेकर्ड छ। रोलिङका ११ वटा पुस्तक प्रकाशित छन्।

रोलिङ आफुलाई एकदमै लजालु स्वभाव, खेलप्रति कम रुची भएको तर साहित्यमा अत्यन्त चाख राख्ने केटीका रूपमा व्याख्या गर्न रुचाउँछिन्। उनीे त्यस्तो सेलिब्रेटी लेखिका हुन् जसले आफ्नो जीवनकालमा संघर्षका थुप्रै दिन देख्नुप¥यो। उनले कुनै समयमा आर्थिक अवस्था कमजोर भएकै कारण आत्महत्या गर्नेसम्मको सोच राख्थिन। एक सफल लेखिकाका रूपमा प्रसिद्धि कमाउनुभन्दा अगाडि उनको असफल वैवाहिक सम्बन्ध तथा बिग्रिएको पारिवारिक अवस्था एक सफल व्यक्तित्वका रूपमा स्थापित भएपछि गौण भए।

ह्यारी पोर्टरका शुरुवाती च्याप्टर उनकै जीवनमा आधारित रहेको कतिपयले विश्लेषण गर्छन्। त्यो कुन अर्थमा ह्यारी पोर्टरले जस्तै रोलिङले पनि आफ्ना अविभावक चाँडै गुमाएकी थिइन्। एक किशोर जादुगरको चमत्कारिक विषयमा आधारित ह्यारी पोटर श्रंखलाजस्तै उनले पनि चामत्कारिक परिवर्तनलाई सम्भव तुल्याइन। जोनी किताबकै वरिपरि रहेर हुर्किइन। किनकी उनका अविभावक पनि पुस्तक पढ्ने गर्थे।

उनले आफू किताबकै लागि बाँचेको पनि भन्ने गरेकी छिन्। अर्को रोचक कुरा के भने रोलिङ आफूले ५/६ वर्षदेखि नै लेख्न थालेको र उनका लेखनमा चामत्कारिक खरायो, मौरी जस्ता जीव जनावर पात्रका रूपमा देखिन्थे।
ह्यारी पोर्टरको पहिलो संस्करण लेख्दा उनले जोनी रोलिङका नामबाट प्रकाशित गरेकी थिइन। तर, पछि प्रकाशकले उनलाई नाम परिवर्तनको सुझाव दिएका थिए। नाम परिवर्तन गर्न लगाउनुका पछाडि युवापुस्ताका पाठकले एक महिला लेखिकाद्वारा लेखिएको पुस्तक नपढ्न पनि सक्छन् भन्ने थियो। त्यसकारण उनकी हजुरआमाको क्याथलिन नामबाट के झिकेर आफ्नो नाममा राखिन्।

रोलिङले वेडियन कम्प्रिहेन्सिभ विद्यालयबाट आफ्नो उच्च शिक्षा पूरा गरिन्। र पछि एक्सेटर विश्वविद्यालयमा भर्ना भइन्। त्यहाँ उनले फ्रेन्च भाषा सिकिन्। उनका अविभावक उनलाई एक सफल दोभाषे सेक्रेटरी बनेको देख्न चाहान्थे। तर, उनका अविभावकको त्यो सपना पूरा हुन पाएन। २६ वर्षको उमेरमा उनी पोर्चुगल गएर अंग्रेजी शिक्षिकाको रूपमा काम गर्न थालिन। शिक्षण पेशासँगै उनले उनलाई बिहान र बेलुका साहित्य लेखनमा प्रशस्त समय खर्चिइन। यसै बेला उनले जादूगरको एक कथा लेख्न पनि शुरु गरिन्।

जेके रोलिङको पोर्चुगलका नागरिकसँग विवाह गरिन, जो पेशाले पत्रकार थिए। तर, उक्त सम्बन्ध लामो समय टिकेन। उनको वैवाहिक सम्बन्ध टुट्दा एक छोरी जन्मिसकेकी थिइन। संघर्षका दिनहरू बढ्दै थिए। रोलिङले एउटा अन्तर्वार्ताका क्रममा भनेकि थिइन ‘मलाई जसरी पनि मेरा अधुरा कथा पूरा गर्नु थियो र म छोरीसँग रेष्टुरेन्टमा गएको बेला लेख्ने गर्थेँ।’

काल्पनिक कुराबाट कथालाई बढो चाखलाग्दो बनाइएको छ ह्यारी पोर्टरमा। जसका लागि उनले निक्कै मेहनत गरेकी थिइन्। जब पुस्तकका रूपमा तयार भयो तब उनले लेखाईलाई थुप्रै प्रकाशकले पत्याएनन्। तर, उनले हिम्मत हारिनन् र दौडधुप जारी राखिन। अन्ततः उनले ह्यारी पोर्टरको पाण्डुलिपी ब्रिटेनको ब्लूमस्बरी प्रकाशनलाई चार हजार अमेरिकी डलरमा बेचिन नाम परिवर्तन गर्ने शर्तसहित। जेके रोलिङका नामबाट पुस्तक प्रकाशित गर्ने शर्त थियो। जसले गर्दा लेखक महिला वा पुरुष भन्ने छु्ट्याउन गाह्रो होस। तर, पुस्तक प्रकाशित भएन।

पछि सेप्टेम्बर १९९८ मा ‘अर्थर अ लेभिन बुक्स÷स्कोलास्टिक प्रेस’ले ह्यारी पोटर बिक्रीको अधिकार अमेरिकी प्रकाशकले किन्यो र किताब प्रकाशित ग¥यो। ह्यारी पोर्टरलाई अनपेक्षित रूपमा पाठकले रुचाए। अमेरिकामा मात्र नभई विश्वभरबाट पुस्तकको माग हुन थाल्यो। बिक्री भएका पुस्तकबाट आउने रोयल्टीले रोलिङको आर्थिकस्तर पनि सुदृढ हुँदै गयो। पहिलो भागले नै बेलायतमा ‘चिल्ड्रेन बुक अफ द इयर’ र ‘स्मार्टिज प्राइज’ पाउन सफल भयो। त्यसको एक वर्षभित्रै रोलिङले दोस्रो भाग ‘ह्यारी पोर्टर एन्ड द च्याम्बर अफ सिक्रेट्स’ लेखिन्। छोटो समयमै लेखिएर प्रकाशित दोस्रो भाग पनि निकै लोकिप्रिय भयो र अत्याधिक संख्यामा बिक्री भयो।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार
एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्