खर्बपति वारेन वफेटको सरल जीवनशैली



काठमाडौं, (नेस)
विश्वमा शेयर बजारमा चासो राख्नेहरूमध्ये अमेरिका शेयर लगानीकर्ता वारेन बफेटको नाम नसुन्ने कमै होलान्। वारेन बफेट विश्वका धनीमध्येका एक हुन्। तर, वारेन बफेट अथाह सम्पत्तिका मालिक भएसँगै उनको सामान्य जीवनशैलीका कारण पनि उनी बढी चर्चामा छन्।

वारेन बफेटसँग कति सम्पत्ति छ भने कुनै हिसाब किताब छैन। फोब्र्स पत्रिकाका अनुसार वारेनसँगै ६८ दशमलव ९ बिलियन बराबरको सम्पत्ति छ, आफ्नो सम्पत्तिको ८० प्रतिशत एक सामाजिक संगठनलाई दान दिएर वारेन बफेट अमेरिकी इतिहासमै यति ठूलो धनी राशी दान गर्ने पहिलो व्यक्ति भएका छ। अर्बौ डलरका धनी वारेन बफेट अझै पनि उनी सन् १९५३ सालमा किनेको पुरानो घरमा बस्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

अमेरिकी शहर ओमाहाको नेब्रास्कामा ३० अगस्त १९३० मा जन्मिएका वारेन बफेटका पिता शेयर कारोबारी थिए। ११ वर्षको कलिलो उमेरमै बुबासँगै शेयर बजार कारोबारी जीवनको शुरुवात गरे, आफूलाई चाहिने पाकेट खर्च निकालनको लागि पत्रिका पनि बेचे। १३ वर्षको उमेरमा बफेटले पहिलो शेयर प्रतिफल प्राप्त गरे।

करिब १५ वर्षको उमेरमा ओपेन हाईस्कूलका साथीहरूसँग मिलेर एक कपाल काट्ने पसलमा पिन बाल मेसिन लगाएर राम्रो पैसा कमाए, त्यो पैसाबाट वारेनले ४० एकडको एक फार्म किने। त्यसपछि वारेनले शेयरमा लगानी गर्न शुरु गरे जसबाट उनले राम्रो प्रतिफल प्राप्त गरे।

अमेरिको हार्वड स्कूलमा पढेका बफेट कोलम्बिया बिजनेस स्कूलमा अध्ययन गरे। उक्त स्कुलमा वारेनले बैन्जामिन ग्रामह र डेविड डाड जस्ता अर्थशास्त्रीबाट शेयर बजारमा लगानी गर्ने सुत्र सिक्ने मौका पाएका थिए।

ग्राहमको कम्पनीमा १२ हजार डलर वार्षिक तलब आउने गरी वाफेटले काम शुरु गरेका थिए। सोहीक्रममा उनले सेयर बजार कसरी उकालो ओरालो लाग्छ भन्ने कुराको केही प्राविधिक ज्ञान लिए। सैनीक सेवामा जागिरे बेन्जामिन ग्राहमको कम्पनीमा कार्यरत वाफेटले उनको सेवा निवृति पछि उक्त जागिर छोडे। त्यसपछि उनले आफ्नो पूँजी बजारको चाखलाई मेटाउन बफेट पार्टनरसिप लिमिटेडका रूपमा कम्पनीको स्थापना गरे।

सन १९६२ मा ३२ वर्षको उमेरमा नै बाफेट अमेरिकाको करोडपति सूचीमा समावेस भईसकेका थिए। उक्त समयमा बाफेटको कम्पनी बाफेट पार्टनरसिप लिमिटेडको पूँजी ७ करोड १७ लाख अमेरिकी डलर पुगिसकेको थियो भने त्यसमा अधिकांश हिस्सा उनको थियो। त्यसपछि बाफेटको जीवनमा बर्कशायर ह्याथवेले प्रवेश पायो। उनले उक्त कम्पनीको सेयर खरीद गर्न थाले र सन १९६५ मा उक्त कम्पनीको सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिन सफल भए। बर्कशायरका मालिक बन्दा उनको उमेर जम्मा ३५ वर्ष थियो।

त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्न परेन। सन १९७९ मा वाफेट पहिलोपटक फोब्र्सको अर्वपति सुचीमा नाम अंकित गरे। वारेनले अमरिकाको कोकाकोला, वेल्स फार्गो एन्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एन्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठूला कम्पनीमा धेरै लगानी गर्ने गर्थे।

वारेनले ५० वर्ष पहिले किनेका घरमा बस्छन् भने उनी सधैं गाडी आफैं चलाउछन्। उनले कहिल्यै ड्राइभर र सुरक्षा गार्ड राखेनन्। साथै उनले जीवनमा कहिले निजी विमानबाट पनि यात्रा गरेनन्। यद्यपि, उनी संसारकै ठूलो विमान कम्पनीका मालिक हुन्। उनको कम्पनी बर्कसायर हेथवेको स्वामित्वमा ६३ कम्पनी रहेका छन्। उनले आफ्ना सबै सीईओलाई वर्षमा एकपटक मात्र चिठी लेख्छन्। जसमा पूरै एक वर्ष भरि गरिने कामको सूची र सुझावले भरिएको हुन्छ।

कहिल्यै आफ्ना अधिकारीहरू कारोबारीसँग कुनै मिटिङ राख्दैनन् उनको दुई मुलमन्त्र छ, पहिलो शेयर होल्डरको धन कुनै हालतमा नोक्सान नगर्नु र दोस्रो कहिले पनि पहिलो नियम नबिर्सिनु।
वारेनले कहिल्यै पनि ठूला र उच्च वर्गका मानिस जम्मा हुने पार्टीमा बिताएनन्। वारेन बफेटले जीवनभर कहिले कुनै किसिमको निजी मोबाइल कप्युटर र ल्यापटपको प्रयोग गरेनन् । मकै खुब मन पराउने बफेट खाली समयमा टेलिभिजन हेर्न रुचाउँछन्।

प्रविधिको क्षेत्रमा पहिलो नंम्बरमा एप्पलको नाम आउँछ। वाफेटले उक्त कम्पनीमा पनि पूँजी लगानी गरेका छन। तर एप्पल कम्पनीमा वाफेटको लगानी छ भन्दा पनि वाफेटले एप्पलका उत्पादन प्रयोग गर्दैनन भन्दा धेरैले पत्याउँदैनन्।

त्यसो त वाफेटले आधुनीक ग्याजेट तथा स्मार्टफोनको प्रयोग नै गर्दैनन। सन २०१३ मा एउटा अन्र्तवार्तामा उनले नोकीया कम्पनीको साघारण फोन देखाउँदै उक्त फोन आफुलाई अलेकजेण्डर ग्राहमबेलले दिएको बताए। यसको मतलब के भने वाफेट प्रविधिसँग त्यतिसाह्रो लगाव राख्दैनन।

कतिपयले वाफेटको पूँजी बजारमा लगानी गर्ने तरिकालाई प्रेरणाका रूपमा लिन्छन र पछ्याउँछन भने कतिपयले उनको भाग्य चम्किलो रहेको ठान्छन। तर यो कुरा कसैबाट पनि लुक्न सकेको छैन कि बाफेट सामान्य जीवन बाँचेर पनि असामान्य व्यक्तित्व हुन।

अमेरिकाको ओमाहा सहरमा प्रधान कार्यालय रहेको ह्याथ्वे कम्पनीको विश्वकै महंगो सेयर मुल्य रहेको छ। कम्पनीको एक कित्ता सेयर मुल्य २ लाख ५८ हजार ९ सय २५ अमेरिकन डलर रहेको छ। बर्कसायर ह्याथवे अन्तर्गत नेटजेट, हल्र्जबर्ग डाईमोन्ड, कोकाकोला, लुब्रीजोल, डेरी क्वीन, फ्लाईट सेफ्टी लगायतका कम्पनीहरू पर्दछन्।

वारेनले कहिल्यै पनि ठूला र उच्च वर्गका मानिस जम्मा हुने पार्टीमा बिताएनन्। वारेन बफेटले जीवनभर कहिले कुनै किसिमको निजी मोबाइल कप्युटर र ल्यापटपको प्रयोग गरेनन् । मकै खुब मन पराउने बफेट खाली समयमा टेलिभिजन हेर्न रुचाउँछन्।

प्रतिक्रिया दिनुहोस्