‘स्टार काठमाडौं क्यान्सर सेन्टर’ सञ्चालनमा



नेपाल समाचारपत्र, काठमाडौ ।
क्यान्सर रोगी बिरामीहरुलाई घरायसी वातावरणमा उच्चस्तरीय र अत्याधुनिक उपचार सेवा प्रदान गर्ने उद्देश्यले ललितपुरको सानेपास्थित स्टार हस्पिटलले ‘स्टार काठमाडौं क्यान्सर सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

भक्तपुरको नालारोडमा रहेको काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यमा अस्पतालले उक्त क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको हो ।

हस्पिटलमाआयोजित एक समारोहबीच महिला बालबालिका तथा समाज कल्याणमन्त्री बिक्रमबहादुर थापाले सेन्टरको उद्घाटन गरे । स्टार हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक डा. शैल रुपाखेती र काठमाडौं क्यान्सर सेन्टरका तर्फबाट मेडिकल डाइरेक्टर डा. सिमित सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्यक्रममा डा. अन्जनी कुमार झा, बरिष्ठ सर्जन तथा सोसाईटी अफ सर्जन नेपालका अध्यक्ष प्रा.डा.सि.एल. भट्टचनहरु को सहभागीता रहेको थियो ।

सम्झौता अनुसार सो सेन्टरमा क्यान्सरका बिरामीको ओपिडी, भर्ना, शल्यक्रिया र अन्य उपचार सेवा स्टारले दिनेछ। उपचारमा आवश्यक केमोथेरापी, रेडियसन लगायत सेवा काठमाडौं क्यान्सर सेन्टरले उपलब्ध गाराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्