गौशालामा सेञ्चुरीको काउन्टर



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले गौशालास्थित काठमाडौं महानगरपालिकाकोे वडा नं ९ को वडा कार्यालमा छैठौं एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। उक्त काउन्टर काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो।

बैंकले चाँडै दुई वटा थप वित्तीय संस्थासँग एकीकृत कारोबारको तयारी गरिरहेको छ भने ४० प्रतिशत हकप्रद जारी गरिसकेकाले अब केही बोनस शेयर जारी गरी ८ अर्बको पुँजी पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ। बंैकले छिट्टैभन्दा सयभन्दा बढी शाखा विस्तार गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्