युवालाई उद्यमशीलतामा सहभागी बनाउनुपर्नेमा जोड



 

काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघ र सार्क चेम्बर अफ कर्मस इन्डष्ट्रिको संयुक्त आयोजनामा दक्ष्ँिण एसियाली युवा सम्मिलित जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन बिहीबार काठमाडौं सम्पन भयो। माननीय युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले समुद्घाटन गर्नुभएको सम्मेलनमा सार्क राष्ट्रका युवाको उपस्थिति रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै युवा तथा खेलकुद मन्त्री केसीले विश्वमा नै जलवायु परिवर्तनको प्रभाव बढिरहेको अवस्थामा दक्षिण एसियाका युवा सम्मिलित शिखर सम्मेलनको प्रशंसा गर्नुभयो। उहाँले सम्मेलनमार्फत् युवा जलवायु परिवर्तन यसको कारण, परिणाम र प्रभावका बारेमा थप सजग हुने र भविष्यमा जलवायु परिवर्तनका नकरात्मक प्रभावलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री केसीले मुलकको आर्थिक समृद्धि एवं प्रभावकारी परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालयमार्फत युवाहरू लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो।

महासंघका अध्यक्ष भवानी राणाले जलवायु परिवर्तनको कारण वातावरणमा नकरात्मक प्रभाव पदै गएकाले हालै नेपाल, भारत, बंगलादेश लगायतका देशहरू बाढी पहिरोको मार खेपिरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्