गौरिका र दीपेन्द्रसहित पाँच जना पिपुल्स च्वाईस्मा



 

काठमाडौं, (नेस)
‘पिपुल्स च्वाईस् अवार्ड’ पल्सर स्पोर्टस् अवार्डको आठ विधामध्ये एक हो। पिपुल्स च्वाईस् अवार्डको विजेता एसएमएस भोटिङको आधारमा छनोट गरिन्छ। यसवर्षको पिपुल्स च्वाईस् अवार्डमा युवा स्वीमिङ खेलाडी गौरिका सिंह, क्रिकेटर दीपेन्द्र सिंह ऐरी, लामो दूरी धाविका कान्छीमाया कोजू, फुटबल खेलाडी सुजल श्रेष्ठ र जुडोकी फुपू ल्हामु सँग प्रतिस्पर्धा गर्दैछन्।

सन् २०१६ रियो ओलम्किमा ११ वर्षमै सहभागी जनाएकी गौरिका सिंहले ३३ वटा राष्ट्रिय किर्तिमान भंग गरेकी छिन्। त्यस्तै युवा क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी २०७३ सालमा नेपाली टिमका लागि ४ अर्धसतक सहित सर्वाधिक ३ सय ५७ रन बनाएका खेलाडी हुन्।

कान्छीमाया कोजु हाफ म्याराथन र म्यारथनमा राष्ट्रिय कीर्तिमानधारी खेलाडी हुन् । उनी कान्छी माया कोजू सातौं राट्रिय खेलकुदमा दुई स्वर्ण तथा एक रजत पदक विजेता खेलाडी हुन्। त्यसैगरी जुडोकी फुपु ल्हामू शेर्पा सन् २०१६ रियो ओलम्पिकमा सहभगाी भएकी थिइन्। उनी सत्रौं एसियन जुनिएर जुडो च्याम्पियनसिपको कांँस्य पदक विजेता हुन्।

फुटबलर सुजल श्रेष्ठ नेपालले एएफसी सोलिडरिटी कप जित्दा नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए। उनी नेपालको मनाङ–मस्र्याङ्दी क्लबले विभिन्न प्रतियोगिता जित्दा सोही टिमका मुख्य खेलाडी थिए।

प्रतिक्रिया दिनुहोस्