आजदेखि नाडा अटो शो



नेपाल समाचारपत्र,काठमाडौं
नाडा अटो शो २०१७ आज मंगलबारदेखि राजधानीमा शुरू हुँदै छ। नाडा अटो शोको १२औं संस्करण मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरू हुन लागेको हो। छ दिनसम्म चल्ने मेला नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेज्मेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा हुन लागेको हो।

मेलाको टाइटल स्पोन्सर सर्बो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको छ। मेलाका ब्रान्ड एम्बेस्डर कलाकार मह जोडी रहेका छन्। प्रदर्शनीमा अटो व्यवसायीहरूले आफ्नो विभिन्न ब्रान्डका सवारी साधन, पार्टपूर्जा, लुब्रिकेन्टलगायतका बारेमा जानकारी दिइने छ।

ग्राहकमा अटोसम्बन्धीका कौतुहलता मेटाउन मेला महत्वपूर्ण रहेको आयोजकले जनाएका छन्। मेलामा ९० वटा कम्पनीका १ सय ३० वटा स्टल रहेका छन्। मेलामा ग्राहकले सजिलै र छोटो समयमै सावारी साधनको छनोट गर्न सक्ने आयोजकको दाबी छ।

प्रदर्शनीमा १६ ब्रान्डका चार पाङग्रे सवारी, १९ ब्रान्डका २ पाङग्र्रे सवारी र ६ वटा ब्रान्डका हेभी कमर्सियल सवारी साधनको सहभागिता रहेको छ।

त्यस्तै ८ वटा लुब्रिकेन्ट कम्पनी, १० बैंक, २ बीमा कम्पनी, ४ टायर कम्पनी, ४ ब्याट्री कम्पनी र १८ वटा अन्य कम्पनीको सहभागिता मेलामा रहेको छ। मेलामा करिब ५० हजार अवलोकनकर्ता आउने विश्वास गरिएको छ।

मेला अवधिभर ट्राफिक व्यवस्थापन र पार्किङको असुविधालाई मध्यनजर गर्दै नाडाले पद्मोदय स्कुल, बाल्मिकी क्याम्पस र फनपार्कसँग समन्वयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्