बाढीको बहानामा खाद्य सामाग्रीमा मूल्यवृद्धि



बिष्णु तिमिल्सिना,बर्दिया ।

बर्दियाका बाढी प्रभाबितलाई राहत वितरण तथा सर्भेक्षणको कार्य भैरहेका बेलामा स्थानीय बजारमा खाद्य वस्तुको मुल्यवृद्धि भएको पाइएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार स्थानिय वजारमा बाढीको वहाना गरी तरकारीको मुल्यमा २०० प्रतिशतसम्म र चामल, दाल, पिठो जस्ता खाद्य वस्तुहरुमा ५ देखी १० प्रतिशतसम्म मुल्यवृद्धि भएको छ ।

बाढीले वर्षेनी तरकारी भिण्डी, भाण्टा, परवल, खुर्सानी तथा लहरे तरकारीहरु फर्सि, लौकी, वोडी, घिरौला, काक्रो, चिचिण्डो आदी गुलरिया, बारबर्दिया र ठाकुरवावा नगरपालिका क्षेत्रमा नष्ट भएका कारण स्थानिय वजारमा तरकारीको मुल्यवृद्धि हुन गएको हो ।

अहिले स्थानिय वजारमा सल्यानको कपुरकोट र भारतीय क्षेत्रवाट आएको तरकारीमा ५० प्रतिशत भरपर्ने अवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्