पञ्चकन्याद्वारा प्राविधिक प्रशिक्षण



 

नेपाल समाचारपत्र
काठमाडौं
पञ्चकन्या ग्रुपले प्लाष्टिकद्वारा निर्मित सामग्रीको फिटिङमा गुणस्तर तथा प्रविधिबारे पोखरामा शनिबार प्रशिक्षण दिएको छ। सो अवसरमा पोखरा क्षेत्रका प्राविधिकलाई पाइप फिटिङ गर्दा ध्यान दिनुपर्नेबारे जानकारी दिइएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै पञ्चकन्या गु्रपका प्रबन्धक देवेन्द्र साहुले पञ्चकन्या गु्रपद्वारा निर्मित सामग्री पोखरा आसपास क्षेत्रका करिब ६० प्रतिशत बजार ओगटेको कम्पनीले जनाएको छ।

कार्यक्रममा पञ्चकन्याको कच्चा पदार्थ आपूर्तिकर्ता सेकुसुई जापानका प्रतिनिधि तोमोकी कामिया र मोहित बन्सलले ती सामग्रीबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा विभिन्न किसिमका पाइप फिटिङ गर्दाका प्राविधिक पक्षको बारेमा ध्यान पुर्याउन प्रशिक्षण दिइएको थियो। सामग्रीको गुणस्तरसँगै जडान महत्त्वपूर्ण पक्ष हुने हुँदा प्राविधिकले गर्ने काम गुणस्तरीय भएमात्रै ग्राहकको मन जित्न सकिने पञ्चकन्या गु्रप पोखरा आधिकारिक बिक्रेता शम्भुनाथ झाको भनाई थियो।
कार्यक्रममा पोखरा शाखाका प्रमुख श्यामप्रसाद अर्याल, बजार प्रबन्धक हर्क थापामगर, सरेश मिश्रलगायतले पञ्चकन्याका सामग्रीबारे प्राविधिकलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण कार्यक्रममा पोखरा आसपासका करिब २ सय ५० प्राविधिकको सहभागिता थियो।

यसैबीच कम्पनीले विभिन्न किसिमका पाइप फिटिङ गर्दा ५ हजार मूल्य बराबर एक सय ७५ रुपियाँ कमिसन प्राविधिकलाई दिने स्किम ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्