३० टन रेन्जको एक्जाभेटर बजारमा



 

काठमाडौं, (नेस)
नेपालको लागि भोल्भो कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्स प्राइभेट लिमिटेडले ३० टन रेन्जको एक्जाभेटर बजारमा ल्याएको छ। यो एक्जाभेटर खास गरेर खानी कार्य र जलविद्युत् आयोजनाहरूलाई मध्यनजर राखेर निर्माण गरिएको छ।

एक्जाभेटरमा इसी ३०० डिएलमा २३१ हर्सपावरको भोल्भो डी ७ इन्जिन जडान गरिएको छ जसले न्यून आरपीएममा पनि बढी टोर्क लिन सछ। रिइन्फोर्स गरिएको फ्रेमसहितको उच्चभारको क्याबिन आर्म र रक बकेटले यसको बडीको संरचनालाई मजबुत र बलियो बनाएको छ। चालकको सुविधालाई ध्यानमा राखी क्याबिनमा वातावरण अनुकुल यन्त्र जडान गरिएको छ भने चालकको सुरक्षाका लागि आरओपिएस⁄एफओपिएस जस्ता मापदण्डहरूको पनि पालना गरिएको छ। यो उपकरणमा रहेका अन्य थप पूर्जाहरूमा रिटर्न फिल्टर्स, इन्धन भर्ने पम्प, बेकन बत्ति, बटम ज्वाय स्टिक्स, बूम फ्लोटिङ, इलेक्ट्रा्े हाइड्रो प्रणाली, म्याट्रिक्स प्रणाली रहेका छन्।

उक्त उत्पादन दक्षिण कोरियामा भोल्भोको निर्माण प्रक्रियाअन्तर्गत निर्माण हुने गरेका छन भने दक्षिण एसियाका धेरैजसो देशहरूमा निर्यात हुँदै आएको छ। कम्पनीले थप वारेन्टीे, क्रेडिट एलसि सुविधा र ब्लु सिएसए जस्ता परिचयात्मक अफरहरू ग्राहकलाई दिएको छ।

प्रतिक्रिया दिनुहोस्