लक्ष्मी बैंकको नयाँ शाखा मन्थलीमा



 

काठमाडौं, (नेस)
लक्ष्मी बैंकको नयाँ शाखा रामेछापको मन्थलीमा सञ्चालनमा ल्याएको छ। यससँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ६८, हस्पिटल सेवा काउन्टर ३, एटीएम ८९ तथा २५ सयभन्दा बढी रेमिटेन्स् र ४ सयभन्दा बढी मोबाइल एजेन्ट पुगेको बैंकले जनाएको छ।

आव २०७३⁄७४ मा ५९.३२अर्ब निक्षेप र ५२.७३ अर्ब रुपियाँ कर्जा पुर्याएको बैंकको वासलातको आकार ७०.९० अर्ब रुपियाँ रहेको छ। बैंकले सय करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो।

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट ’ सञ्चालनमा रहेको छ।

यसैगरी दोस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था’ को ५१ वटा शाखामार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ। र लक्ष्मीभ्यालू फन्ड नामक दोस्रो म्यूचुअल फन्ड सेवा पनि सञ्चालनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्