आईएमई लाइफ इन्स्योरेन्सको कारोबार शुरू



 

काठमाडौं, (नेस)
१ अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजीसहित आईएमई लाइफ इन्स्योरेन्सले बिहीबारदेखि कारोबार शुरू गरेको छ। कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहने छ। चुक्ता पुँजी दुई अर्ब रुपियाँ पुर्याउन कम्पनीले छिट्टै साधारण शेयर जारी गर्ने जनाएको छ। कम्पनीले एक वर्षभित्र देशभर ६५ वटा शाखा खोल्ने योजना बनाएको छ।

कम्पनीको अध्यक्षमा डा. रामहरि अर्याल तथा सञ्चालकमा अश्विनी अर्याल, दीपक शर्मा, ईश्वर कार्की र दीपचन्द्र रेग्मी रहेका छन्। अन्य दुई सञ्चालक भने चयन हुन बाँकी छ। त्यस्तै आईएमई समूह, भाटभटेनी, हाथवे इन्भेष्टमेन्ट, अम्बिका पौडेल, नवराज नेपाल गायतकाको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्