तरकारी बेचेर मासिक हजारौ आम्दानी



SONY DSC

विमल विष्ट,डोटी ।

डोटीको साबिकको घण्टेस्वर गाबिस १ गोगनपानीका किसान लालबादुर खड्काले हिजो आज तरकारी बेचेर मासिक हजारौ आम्दानी गर्न थालेका छन् । जिल्ला कृषि बिकास कार्यालय डोटीको सहयोगमा उहाँले गोगनपानीमा तरकारी संकलन तथा बिक्रि केन्द्र समेत सञ्चालन गर्नु भएको छ ।

आफुले फलाएको तथा अन्य किसान बाट उहाँले बिभिन्न मौषमी तथा बेमौषमी तरकारी संकलन गरी बिक्रि गरेर मासिक ४० देखी ५० हजार आम्दानी गर्न थालेका हुन् ।

तरकारी बिक्रि बाट भएको आम्दानीले उहाँले दुई छोरा र दुई छोरी गरी ४ जना बोर्डिङ स्कुलमा पढाउन सक्षम हुनु भएको छ । ६जनाको परिवार लाई तरकारी बिक्रि गरेर राम्रै संग पाल्न सकेको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘हामी श्रीमान श्रीमती पशलमा हुन्छौ,तरकारी बेचेर राम्रै आम्दानी गर्न सफल भएका छौ,ग्राहकहरु संकलन केन्द्रमै (घरमै) आएर तरकारी किन्छन्,बजार धाउनु पर्दैन् ।’

कैलालीको अत्तरिया देखी डडेल्धुरा जोड्ने भिमदत्तराजमार्गको बिचमा पर्ने गोगन पानीमा तरकारी बिक्रि तथा संकलन केन्द्र रहेकाले पनि सो राजमार्गमा आवत जावत गर्ने यात्रुहरुले प्राय गरी बढी तरकारी किन्ने गरेको उहाँको भनाई छ ।

आफुले सञ्चालन गरेको ब्यबसायी प्रति निकै खुसी तथा सन्टुष्ट भएको उहाँ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ ‘पैसा कमाउन बिदेश धाउनु पर्दैन मेहनेत गरे घरैमा जतिपनि कमाउन सकिन्छ ।’

उहाँले यो ब्यबसाय सञ्चालन गरेको करिब एक बर्ष जती हुन थालेको छ । तरकारी बेचेको आम्दानीले उहाँले कैलालीमा केही कट्टा जमिन र एक पक्कि घर समेत बनाई सकेका छन् ।

उहाँले फलाएको तथा संकलन गरेको तरकारी

दिपायल,डडेल्धुरा,बैतडी,कैलाली,कञ्चनपुर तथा नेपालगञ्ज सम्म बिक्रिका लागि जाने गरेको छ । जिल्ला कृषि बिकास कार्यालय डोटीले यहाँका किसानहरुलाई समुह गठन गरी बिभिन्न अनुदान सहयोग तथा तरकारी लगायत अन्य किसिमका बिउ बितरण गरेपछि अहिले डोटीका किसानहरु ब्यबसायीक रुपमा तरकारी लगायत अन्य फलफुल खेतीमा आर्कषित हुन थालेको बरिष्ठ कृषि बिकास अधिकृत डाक्टर तपेन्द्रबहादुर शाहले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘धान खेती नहुने पाखो जमिनमा हामीले किसान लाई आलु,मुला,सिमी,सिम्ला, टमाटर लगायतका मौषमी तथा बेमौषमी तरकारी लगाउन सहयोग र सल्लाह दिएकाले पनि अहिले डोटीमा तरकारी खेती फष्टाउदै गएको छ,अझै धेरै ठाउमा सहयोग गर्ने तयारीमा छौ ।’

प्रतिक्रिया दिनुहोस्