दूधको भाउ बढ्यो, प्रति प्याकेट कति महँगियो ?



काठमाडौं ।
सरकारी स्वामित्वको दूध विकास संस्था डीडीसीले उपभोक्तालाई लक्षित प्रशोधित दूधको भाउ बढाएको छ । डीडीसीले बिहीबार देखि लागू हुने गरी प्रशोधित दूधको मूल्य प्रति प्याकेट ६ रुपैयाँले बढाएको छ ।

किसानहरुले दूधको लागत बढेकाले मूल्य बढाउन माग गरेपछि कृषकको हितलाई मध्यनजर गर्दै दूधको भाउ बढाउनु परेको डीडीसीका सूचना अधिकृत डा।ईश्वरी प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार बढाइएको मूल्य ६ रुपैयाँको ७१ प्रतिशत अर्थात ४ रुपैयाँ २६ पैसा किसानले पाउनेछन् भने भने २९ प्रतिशत अर्थात १ रुपैयाँ ७४ पैसा डीडीसीले पाउनेछ ।

उपभोक्ताले यसअघि ३० रुपैयाँमा किन्दै आएको आधा लिटर स्ट्यान्र्ड दूध (नीलो प्याकेट ) को अब ३६ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै ३५रुपैयाँमा बिक्री हुँदै आएको हरियो रङको फुल क्रिम मिल्क आधा लिटरलाई ४१ रुपैयाँ तिर्नुपर्नेछ भने सिताराम दूधको अब ३५ रुपैयाँ तिर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्