सगरमाथा सिमेन्टको डिलर मिट सम्पन्न



 

काठमाडौं, (नेस)
घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्टले दाङ घोराहीमा अवस्थित आफ्नै फ्याट्रीमा डिलर मिट सम्पन्न गरेको छ।

मनोरञ्जनात्मक कार्यक्रमका बीच सम्पन्न सो कार्यक्रममा सर्वोकृष्ट बिक्रेता, उत्कृष्ट बिक्रेता र उत्कृष्ट भुक्तानीको पुरस्कार साथै कदरपत्र हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

घोराही सिमेन्टले जर्मन प्रविधिबाट उत्पादित नयाँ रोलर पे्रस मेसिनबाट २२ सय मेट्रिक टन प्रतिदिन गुणस्तरीय सगरमाथा सिमेन्ट उत्पादन गर्दै आएको छ।सगरमाथा सिमेन्टले आधुनिक टेक्नोलोजीको प्रयोग गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आए पनि यसले वातावरणमैत्री हुनुमा निकै ध्यान दिने गर्दछ।

प्रतिक्रिया दिनुहोस्