८६ करोड खर्चेर मर्मत गरेको विजुली  काम लागेन, विगत दुई सातादेखि अध्यारो झेल्दै बझाङका बासिन्दा


ललित सिहं,बझाङ ।
विदेशी दाताको सहयोगमा झण्डै ८६ करोडको लागतमा मर्मत कार्य गरिएको बझाङको डोगडी स्थित सुर्मा देवी साना जलविद्युत आयोजना मर्मत कार्य सम्पन्न भएको एक बर्ष नवित्दै काम नलाग्ने भएको छ । यति ठुलो रकम लगानी गरेर २ सय किलोवाट क्षमताको उक्त विद्युत मर्मत गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरणले आफैले निमार्ण गर्ने हो यति नै रकममा ५ किलोवाट भन्दा बढी क्षमताको नयाँ आयोजना निमार्ण गर्न सकिने स्वयं प्राधिकरण अधिकारीहरु बताउछन । बझाङ जिल्लाको सदरमुकाम र आसपास क्षेत्रका बासिन्दाका लागी २०४९ सालमा जापान सरकारको सहयोगमा निमार्ण गरिएको सुर्मादेवी साना जलविद्युत आयोजनाको मर्मत कार्य  पनि जापान सरकारको अनुदान सहयोगमा नै भएको हो ।
गत सन २०१६ सेप्टेम्बर महिनामा काम सम्पन्न गरेको प्रमाण पत्र प्राप्त गरिसकेको जापानी निमार्ण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको केही महिना नवित्दै विद्युत सेवा पटक पटक अवरुद्ध हँुदै आएको थियो ।  तोकीएको समयमा  सबैकाम सम्पन्न नगरी बीचमै काम छोडेका कारण विद्युत सेवा नियमित गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण संग सो विद्युत भाडामा लिएर चलाई रहेको निजी कम्पनी सुर्मा देवी विद्युत प्राली स्रोतले बताएको छ ।

श्रोतका अनुसार मर्मत कार्यको डिजाइनमा नै त्रुटी रहेकोले बाँंधबाट इन्टेकमा पानी पठाउने ठाउँमा राखिएको फोहोर छान्नेमा फोहोर अड्किएर पानी प्रवाहमा नै समस्या हुने भएकोले विद्युत नियमित हुन नसकेको हो ।

बाँधबाट इन्टेक सम्म पानी लैजाने नहर पनि विभिन्न ठाँउमा चुहिने  र बर्खाको समयमा पानीले बाँध नै भत्काएको भएकाले बिद्युत अनियमीत हुन गैरहेको बिद्युत प्राधिकरण प्रमुख लक्ष्मण जाग्रीले बताए ।

उनले भने हिउँदको समयमा पानी कम भएर बिद्युत अनियमीत हुने गर्छ र बर्खाको समयमा बाउली खोलामा बाढी आउने भए पछि बिद्युतको बाध्ाँनै भत्काउने भएकाले बिद्युत अनियमित हुन्छ ।
निमार्ण सम्पन्न भएको २ महिना जती दैनिक ८ घण्टा लोडसेडिङ हुने गरेको यहाँको विद्युत अहिले दुई साता एता दैनीक २४ घण्टा सम्म लोडसेडिङ्ग हुने गरेको छ ।

विद्युत अनियमित हुदाँं यहाँको सरकारी कार्यालयको काम,व्यापार र उद्योग व्यवसाय प्रभावित भैरहेको र यसको छिटो समाधान गर्नका लागी प्रशाशनको तर्फबाट पहल चालिरहेका प्रमुख जिल्ला अधिकारी केशब बहादुर थापाको यहि साउन २८ गते सरुवा भए पछि यस, अन्य सरोकारबालाले चासो नदेखाएको नागरिक समाजका अगुवा धर्मजंग सिहंले बताए ।

उनले भर्ने ‘यत्रो रकम लगानी गरेर मर्मत गरेको विद्युत केही महिना भित्रै काम नलाग्ने हुनु दुखको कुरा हो’ सिहंले भने ‘विद्युत प्राधिकरण र निमार्ण कम्पनीलाई यो विषय जानकारी यहाँका सरोकारबालालाई हामी उपभोत्ता गराईरहेका छौ तर हाम्रो कुरा सुनुवाई हुदैन् ।

नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामिण विद्युतिकरण विभागका निर्देशक रामेश्वर कल्वारले यहाँको समस्याको बारेमा प्राधिकरण जानकार रहेको र यस विषयमा निमार्ण कम्पनी संग छलफल गरिरहेको बताए ।

‘नयाँ बाँध निमार्ण भएकोले वरीपरिको फोहोर आएर छान्नेमा अडकिएको रहेछ । उनिहरुले गोताखोर लगाएर सफा गरिसकेका बेला  कल्वारले भने ‘अबका दिनमा फोहोर अड्कीदैन भनेर भनिरहेका थिए ।

निमार्ण कार्यमा भएका त्रुटीहरुलाई सच्याउने विषयमा पनि प्राधिकरणले निर्णय गरेर परामर्श दातानिकाय जापान सहयोग नियोग र निमार्ण कम्पनी दुबैलाई जानकारी दिइ सकेको बताउदै कल्वारले भने ‘योजनाको डिजाइन स्टेमेट र निमार्ण कार्य सबै जापान सरकारले नै गरेको हुनाले कुनै त्रुटी भएमा सच्याउने जिम्मा पनि जापान सरकार कै हुन्छ ।

यसको लागी प्राधिकरणले पहल गरिरहेको छ । ठुलो रकममा सानो आयोजनाको मर्मत स्वीकार्न प्राधिकरणलाई बाध्यता रहेको र अनुदान दिने दाताहरुको आफ्नो देशका मानिसहरुलाई रोजगारी दिने मनसाय हुने भएकोले मर्मतको खर्च अचाक्ली बढी भएको उनको भनाई छ ।

विद्युत क्षेत्रका जानकारहरुले भने बर्सातको समयमा खोलामा बाढी आउने र बाढीले बगाएर ल्याएका ढुङ्गा र काठपातहरु छान्नेमा अडकिएर केही बर्ष भित्रै आयोजना कामै नलाग्ने हुने बताउछन ।

सुर्मा देवि विद्युत प्रालीका  एक कर्मचारीले भने ‘आयोजनालाई दिगो रुपले संचालन गर्ने भन्दा पनि टालटुल गरेर टार्ने काम भएको छ ।

चुहिने नहर मर्मत भएको छैन । छान्नेमा जतिवेला पनि फोहोर अडकिने सम्भावना छ । प्राधिकरण संग पनि गोताखोर स्टयान्टबाई राख्न सक्ने क्षमता छैन । समग्रमा भन्दा यो आयोजना यो बर्खा सम्म पुर्ण रुपमा काम नलाग्ने हुन्छ ।बझाङ जिल्लाकी सभासद चन्दा देबि जोशीले भनिन् बिद्युत मर्मतको नाममा दाताहरुले एक हातले दिने र अर्काे हातले लिने गरिरहेको बताए ।

‘हामीले त्यती वेला नै यति ठुलो रकममा सानो विद्युत मर्मत गर्नु भन्दा राष्ट्रिय प्रसारण लाइन बझाङ पुर्याउन लगानी गरौ भने अर्थ मन्त्रालयमा डेलिगेसन गएका हौ’जोशीले भनीन् ‘तत्कालिन अर्थ मन्त्री रामशरण महतले तपाइहरु नलिने भए यो रकम अन्तै हाल्छौ भनेर भन्नुभयो ।’

उनले सुरु देखी नै आफुहरुले यो आयोजनाले सुविधा दिने भन्दा पनि केही नेता, कर्मचारी र दाताहरुको स्वार्थ पुर्ती गर्नका लागी बनाइएको भन्दै विभिन्न निकायको ध्यानाकर्षण गराएको बताए ।

बत्ती  आएको छ या छैन भनेर टर्च जलाएर बिजुली खोज्नु पर्ने बाध्यता रहेको छ । मोवाईल चार्ज लगाए पछि उल्टै मोवाईलमा भएको चार्ज पनि सक्काउन्छ बझाङ्गी जनता अझै बिद्युत मुनीको अध्यारोमा बस्न बाध्य छन् ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।