वृज सिमेन्टको शिविर



 

काठमाडौं, (नेस)
वृज सिमेन्ट इण्डष्ट्री प्रालिले सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ९ स्थानमा बोलबमका भक्तजनलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, जुस, फलफूललगायतका सेवा प्रदान गरेको छ। लायन्स एन्ड लियो क्लब अफ काठमाडौं चावहिल, दीर्घायु गुरु हस्पिटल एन्ड रिर्सच सेन्टर, जोरपाटी र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो।

विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई ९० जना स्वयंमसेवकद्वारा ९ स्थानमा सेवा प्रदान गरिएको थियो। उक्त शिविरमा करिब ३ हजार जनाले स्वास्थ्य परीक्षण गराएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्