बाढी–पहिरोबाट मृत्यु भएकालाई २४ घण्टाभित्रै बीमा रकम



 

काठमाडौं, (नेस)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अविरल वर्षाका कारण गएको पहिरोमा परि असामयिक निधन हुनुभएका सिन्धुली जिल्ला कमलामाई नगरपालिका–.६ बस्ने बीमित श्रीमती दुर्गाकुमारी खड्काका परिवारलाई १० लाख ३६ हजार रुपियाँ हस्तान्तरण गरेको छ।

कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो ढंगले सम्पन्न गरी आममानिसमा जीवन बीमाप्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयास स्वरूप साउन २८ गते निधन भएको परिवारलाई २४ घण्टाभित्रै उक्त रकम हस्तान्तरण गरिएको हो।

उक्त मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक विरोध भट्टले मृतकका श्रीमान उदयबहादुर खड्कालाई प्रदान गर्नुभएको थियो। बीमितले ५ लाख बिमांकको जीवन बीमावापत जम्मा २४ हजार ३०४ रुपियाँ मात्र बीमा शूल्क बुझाउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्