च्छोरोल्पा ज्वेलर्सको शाखा चावहिलमा



 

काठमाडौं, (नेस)
च्छोरोल्पा गोल्ड एन्ड सिल्भर ज्वेलर्सको शाखा काठमाडौंको चावहिलमा खुलेको छ। दोलखा चरिकोटमा रहेको च्छारोल्पा ज्वेलर्सले ५ करोड लगानीमा आफ्नो पहिलो शाखा चावहिलमा स्थापना गरेको हो।

दोलखाका सांसदहरू पशुपति चौलागाईं, पार्वत गुरुङ र नेपाल सुनचाँदी कला व्यवससायी संघका अध्यक्ष द्वारिका शंकरले सोमबार संयुक्तरूपमा उक्त ज्वेलर्सको उद्घाटन गरेका छन्। उक्त अवसरमा सांसद चौलागाईंले चारिकोटमा प्राप्त गरेको विश्वासलाई कामय राख्दै स्तरीय र शुद्ध गरगहना बिक्री गर्न च्छोरोल्पा ज्वेलर्सलाई सुझाव दिए।

चावहिलचोकबाट गणेशस्थान जाने बाटेमा रहेको ज्वेलर्समा सुनचाँदीका गुणस्तरीय गरगहना उपलब्ध रहेको सञ्चालक घनश्याम रिजालले बताउनुभयो। ‘यहाँ आधुनिक, परम्परागत र चलनचल्तीका गरगहना पाइन्छन्।’ उहाँले भन्नुभयो–‘शाखा विस्तारको अवसरमा निश्चित समयका लागि ज्यालामा विशेष छुटको व्यवसथा समेत गरिएको छ।’ सञ्चालक रिजाल संघको उपाध्यक्ष समेत हुन्। हाल च्छोरोल्पामा कालिगढ र बिक्रेता समेत गरी १५ जनाभन्दा बढीले रोजगारी पाइरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्