टेलिकमका अफर थप तीन महिना



नेपाल समाचारपत्र,काठमाडौं
नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरूलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ।

कम्पनीले ल्याएका ती अफर उपभोक्ताहरूले रुचाएको भन्दै थप निरन्तरता दिइएको जनाएको छ। कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी कात्तिक २३ गतेसम्म कायम रहनेछ। अफरअन्तर्गत अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फेसबुक÷इन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज रहेका छन्।

जीएसएम प्रिपेड÷पोस्टपेड तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज प्रयोग गर्न सकिनेछ। अल टाइम डाटा प्याकेजअन्तर्गत २५ रुपियाँमा सात दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ। त्यसैगरी ५० रुपियाँमा १५ दिनसम्म उपभोग गर्न पाउने गरी १ सय २५ एमबी डाटा, सय रुपियाँमा ३० दिनसम्मका लागि ४ सय एमबी डाटा, २ सय रुपियाँमा ३० दिनसम्मका लागि ८ सय ५० एमबी डाटा र ३ सय रुपियाँमा ३० दिनसम्म उपभोग गर्न पाउने गरी १५ सय एमबी डाटा उपलब्ध गराइएको छ।

त्यसैगरी नाइट डाटा प्याकेजअन्तर्गत ४५ रुपियाँमा ५ सय एमबी डाटा ७ दिन सम्म र ९० रुपियाँमा १२ सय एमबी डाटा १५ दिनसम्म चलाउन पाइनेछ। योबाहेक २ सय रुपियाँमा ३ जीबी डाटा र ३ सय रुपियाँमा ६ दमलव ५ जीबी डाटा तीस दिनसम्म चलाउन पाइनेछ। नाइट डाटा प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ। फेसबुक÷इन्स्टाग्राम डाटा प्याकअन्तर्गत २५ रुपियाँमा १ सय १० एमबी डाटा ७ दिन र ५० रुपियाँमा २ सय ३० एमबी डाटा १४ दिन तथा सय रुपियाँमा ५ सय एमबी डाटा र २ सय रुपियाँमा ११ सय एमबी डाटा २८ दिनसम्मका लागि प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्