टीभीएस मोटर कम्पनीको उत्पादन बजारमा



 

काठमाडौं, (नेस)
टीभीएस मोटर कम्पनीले टीभीएस स्ट्राइकर १२५ नेपाली बजारमा ल्याएको छ। दुई तथा तीन पाङ्ग्रे सवारी निर्माण गर्ने कम्पनी टीभीएसले नेपाली बजारमा यसका उत्पादनद्वारा टीभीएस मोटर कम्पनीको प्रभावहरु बलियो हुने जनाएको छ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक निखिल उप्रेतीले बिहीबार उक्त मोटरसाइकल बजारमा सार्वजनिक गर्नुभएको हो। त्यस्तै कम्पनीले नायक निखिल उप्रेतीलाई ब्रान्ड एम्बेस्डरका रुपमा प्रस्तुत गरेको छ। जगदम्बा मोटर्स नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक विक्रेता हो।
टीभीएस कम्पनीका उपाध्यक्ष आर. दिलीपका अनुसार उक्त मोटरसाइकलले युवा नेपालीहरुको मागलाई पूर्णरुपमा सन्तुष्टि दिने बताउनुभयो। ‘कम इन्धन खपत र शक्तिको सही मिश्रण भएकाले टीभीएस स्ट्राइकर १२५ नेपाली बाटोमा उपयुक्त रहनेछ।’ –उहाँले भन्नुभयो। यसको टोर्क ५ हजार ५ सय आरपीएममा १० दशमलव ८ एनएम बताइएको छ।

एक लिटरमा ६७ किलोमिटर माइलेज दिने यस बाइकलाई आफ्नो श्रेणीमा उत्कृष्ट मानिन्छ। बेग्लै टइङ्क आकार र रङहरुको मिश्रणले यसको आकर्षण अझ बढाउँछन्।

प्रतिक्रिया दिनुहोस्